
धनगढी-ठूला सभा समारोह आयोजना गर्न हलको अभाव रहेको धनगढीमा १ हजार क्षमताको अत्याधुनिक सभाहल बनाईने भएको छ।
भवन संहिता तथा सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले ४० करोडको लागतमा अत्याधुनिक सुविधा सहितको अन्डर ग्राउण्ड पार्किङ सहितको सभाहल बनाउने भएको हो।
त्यसका लागि खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको असोज महिनामा निर्माण व्यवसायीसग सम्झौता गरेर काम सुरु गर्ने उदेश्य लिईएको शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले जानकारी दिए।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को भाषा स्कुल नजिकै सुविधा सम्पन्न एक हजार क्षमताको सभाहल बनाइने छ।असोज देखि काम सुरु गरिने सुविधा सम्पन्न सभाहलको ३० महिना भित्र निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बोहराले बताए।
हाल धनगढीमा विभिन्न सभा समारोह आयोजना गर्नका लागि हलको अभाव रहेको छ।प्रदेशको अस्थायी राजधानी पनि धनगढीलाई तोकिएपछि सभा समारोह आयोजना गर्न झनै समस्या छ।
जसका कारण सरकारी कार्यक्रम यहाँका होटलमा गरिदै आएका छन भने राजनीतिक दलले मुख्य सकडमै आवातजावत बन्द गरि कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको छ। उक्त हल निर्माणपछि भने सभासमारोह गर्नका लागि सहज हुने अपेक्षा लिईएको छ।