एक दिन बाले आशिक दिँदै भने
ल छोरा मन्त्री नै भएस
गतिलै मन्त्रालय समाएस्
ठूलो नाम कमाएस
नाम भन्दा पनि धेरै दाम कमाएस्
यो देशमा तैँले पनि
अरुले जस्तै दरो ठाम जमाएस्
सकेसम्म गृह मन्त्रालय खोजेस्
त्यो पाइएन भने
कि भौतिक कि अपूर्ति मन्त्रालय रोजेस्
छोरालाई पीए राखेस
श्रीमतीलाई सल्लहकार राखेस्
अरु कै चाहियो भने मलाई पनि डाकेस्

प्रेम ओली ‘ढकालपुरे’
कर्मचारी थुरुरुरु पार्नु
अटेरिको शेखी नै झार्नु
ठेकदार ब्यापारीलाई थर्काउनु
दुईचार जनाको हात खुट्टै मर्काउनु
कसैलाई थुनेर पातै फर्काउनु
यति भए कान तेल हालेर सुते पनि
दुई चार महिना काम गर्छ
कति कमाउने तैँले, फटाफट दाम झर्छ
दुई चार पल्ट पत्रकारलाई बोलाएर
पुल निरीक्षणमा जानु ढल निरीक्षणमा जानु
गरिब खाना जानु, गरिबसँग मार्सी भात खानू
के गरेर हुन्छ दुई चार दिन हङ्गामा मच्चाउनू
त्यसपछि लुसुक्क प्वाल भित्र छिर्नु
कताबाट के के आउछ यसो हेर्नु
दुई चार जना ठेक्दार व्यापारी समाउनु
मजाले दाम पैसो कमाउनु
मैले भनेको बाटो नबिराइ समाउनु
यति भएपछि, त यो राष्ट्रले खोजेको मान्छे बन्छस्
त्यस पछि त ऐरे-गैरेलाई पनि के गन्छस्
ल भन त के भन्छस्
बाले यति आशिक दिएपछि
मैले पनि बा’ले भनेकै बाटो रोज्याछु
तर कसरी मन्त्री बन्ने त्यो मौका खोज्याछु
पहिले साम्सद बनेर मन्त्री बन्ने कि !
मन्त्री बनेर सांसद बने भनी सोच्दैछु
पार्टीमा छिर्ने कि आफ्नै पर्टी खोल्ने
यहाँहरुको सर-सल्लाह खोज्दैछु।