लापरबाहिको हद

छोरी जन्माएकी कालीलाई अस्पतालले छोरा दिएर घर फर्कायो..

छोरी जन्माएकी कालीलाई अस्पतालले छोरा दिएर घर फर्कायो..
+
-

धनगढी-लापरबाही र मनोमानीको पर्याय बनेको सेती अञ्चल अस्पतालमा फेरी लापरबाहिको अर्को घटना बाहिरिएको छ ।

चिकित्सकको लापरबाहिले बिरामीले ज्यान गुमाउनु परेको देखि बिरामीले सर्वसुलभ सेवा नपाएको, चिकित्सकहरु नीजि क्लिनिकमा व्यस्त हुने गरेको घटना सार्वजनिक हुने क्रम जारी रहेका बेला फेरी यस पटक अस्पतालको लापरबाहिले बच्चा साटासाट भएको घटना बाहिरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर, ८ जामुनभाणिकि काली खातीले भाद्र १७ गते सेती अञ्चल अस्पताल सेतीमा छोरी जन्माइन् । तर जन्मिएकी छोरीलाई लिएर घर पुग्दा उनले थाहा पाइन आफनो साथमा छोरी नभएर छोरो छ भनेर । अस्पतालले छोरी जन्मेको भने पनि साथमा छोरो देख्दा उनका आफन्त र छिमेकी अचम्ममा परे ।

तर त्यो अचम्म धेरै बेर टिकेन । घर पुगेको केही समयमै फोन आएपछि पुनः अस्पताल पुगेकी कालीले साँचो कुरा तब थाहा पाइन जब उनलाई त्यो बच्चा अर्कैको हो भनेर जानकारी गराइयो । त्यो बच्चा कि आम थिइन, डडेल्धुराको आलीतालकी भावना बोहरा । भावना बोहरा १७ दिनको बिरामी छोरालाई लिएर भदौ १७ गते नै अञ्चल अस्पताल सेतीमा पुगेकी थिइन ।

निमोनियाका बिरामी उनका छोरालाई अस्पतालको एनआइसियुमा भर्ना गरिएको थियो । त्यही दिन जन्मिएकी काली खातीकी छोरीको स्वास्थ्य स्थिति ठिक नभएपछि उनलाई पनि एनआइसियुमा भर्ना गरियो ।
तर एन आइ सियु बाट छोरीको सट्टा छोरा दिएर घर फर्काएको थाहा पाएपछि आफुहरु अच्चममा परेको काली खातीका श्रीमान् मेघराज खातीले बताए ।

खातीका आफन्तहरूले अस्पतालले गैर–जिम्मेवारपुर्ण ढङ्गले बदमासी गरेका आरोप लगाएका छन् । उनीहरूले अस्पतालले बच्चा साटासाट हुदा पनि गल्ती स्वीकार नगरेको आरोप लगाएका छन् । बिहीबार अस्पताल पुगेका खातीका आफन्त र छिमेकीहरूले अस्पतालका कर्मचारी र प्रहरीले पनि घटनालाई गम्भीर रूपमा नलिएको बताएका छन् ।

अस्पतालले भने भावना बोहरा भनेर बोलाउदा काली खातीकी आमा दिलु बोहरा आएर बच्चा लगेकाले यस्तो भएको बताएको छ । तर, यसरी हचुवाको भरमा एकको बच्चा अर्कोलाई कसले दियो भन्ने कुराबारे अस्पतालले मुख खोलेको छैन ।

बच्चा साटासाट भएको एक हप्तापछि मात्रै घटना सार्वजनिक भएको हो । अञ्चल अस्पतालको लापरबाहिको यतिखेर सर्वत्र विरोध हुन थालेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?