
काठमाडौं- नेपाल डिस्टिलरीले आफ्नो ‘खुकुरी रम एक्सएक्स सन डाउन अफेयर’ श्रृंखला अन्तर्गतको कार्यक्रम ८ सेप्टेम्बर शनिबारको दिन ललितपुरस्थित द फोयरमा आयोजना गर्ने भएको छ।
नेपालको लोकप्रिय पेय पदार्थको प्रवर्द्धन गर्ने क्रममा सन डाउन अफेयरले ग्राहकहरुलाई लाइभ म्युजिक सहित विभिन्न कक्टेलको अनुभव लिने अवसर प्रदान गर्दछ।
खुकुरी एक्सएक्स रमद्वारा साप्ताहिक रुपमा आयोजना गरिने सन डाउन अफेयरले स्थानीय तथा अन्तर्राष्ट्रिय डिजेहरुको सांगीतिक प्रस्तूति सहित अन्तर्राष्ट्रिय मिक्सोलोजिस्ट दिन हसन तथा एमी श्रोफद्वारा डिजाइन गरिएको विशेष कक्टेल मेन्यू राखिएको छ।
छैठौ संस्करणमा डिजे सुमित, डिजे फ्याटफ्रग, डिजे शेरिङ, डिजे प एस वाई निन्जा तथा डिजे फुच्चेले ट्रान्स संगीत प्रस्तुत गर्ने छन्। खुकुरी रमले आफ्नो सन डाउन अफेयर श्रृंखला अन्तर्गतका पाँच कार्यक्रम सम्पन्न गरिसकेको छ।
श्रृंखलाको पहिलो कार्यक्रम ४ अगस्ट लबिम मलस्थित लेभल ३ मा आयोजना भएको थियो। साथै अन्य संस्करणका कार्यक्रमहरु एम्बर्स रेस्टुराँ, टंगालवुड तथा मोक्समा आयोजना गरिएको थियो।