
काठमाडौँ – नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले चाडबाडको अवसरमा“फेस्टिव हटडिल” योजना प्रस्तुत गरेको छ । यो योजना नाडा अटो शोदेखि नै लागू हुने छ ।
यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधाहरु प्राप्त गर्न सक्नेछन् । रु १,०६,००० सम्मको निःशुल्क एक्सोसरिज, २ लाखसम्मको नगद छुट समेत गरी कूल रु. ३,६६,८०० सम्मको लाभ लिन सकिनेछ ।
यो लाभको साथ साथै नाडा अटो शोको अवसरमा बुकिङ्ग गर्ने ग्राहकले रु २७,००० बराबरको स्मार्ट फोन पनि प्राप्त गर्न सक्नेछन् । साथै गाडीको खरिदमा ग्राहकले निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र एक वर्षकालागि सडक करको सुबिधा प्राप्त गर्नेछन् ।
गाडी खरिदमा न्यूनतम रु.८,४०१ को मासिक किस्ताबन्दी योजना उपलब्ध रहेको छ । यतिथोरै मासिक किस्ताबन्दी योजना हालसम्म अन्य कुनै पनि कम्पनीका गाडीहरुमा नरहेको दाबी कम्पनीको रहेको छ ।
साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ डाट्सनसँग साट्न पनि पाउनेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा पनि प्रदान गरेको जनाएको छ ।
यस योजना अन्तर्गत डाट्सन गाडी खरिद गर्ने ग्राहकले डाट्सन रेडि गो मा अधिकतम रु २,७८,२००, डाट्सन गो मा अधिकतम रु ३,३५,००० र डाट्सन गो प्लसमा अधिकतम रु ३,६६,८०० सम्मको लाभ प्राप्त गर्न सक्नेछन् ।
आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँप्रविधि, तथा कम मूल्य आदि डाट्सन गाडीका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।