
काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको कामको अहिले नै रिजेल्ट नखोज्न आग्रह गरेका छन्।
मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै डा. खतिवडाले भने, ‘बजेट कार्यन्वयन भएको दुई महिना पनि पुगेको छैन, अहिलेनै रिजेल्ट माग्ने बला भएको छैन।’ सरकारकारले बढाएको करको विषयलाई लिएर नआतिन पनि उनले उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन्।
सरकारले अहिलेको वास्तविक अवस्था बुझेरै काम गरिरहेकाले सबैलाई अनुशासनमा राख्न गरिएका कामका विषयमा टिप्पणी गर्नु उचित नहुने तर्क गरे।
अहिले सरकारले राम्रो गर्नु भयो भनेर प्रसंशा गरिदिउन भन्ने पक्षमा पनि नरहेको बताए।
सरकार दिर्घकालिन रुपमा मजबुद हुने गरी हिडिरहेकाले तत्काल देखिएका विषयलाई लिएर असफलका रुपमा हेर्नु गलत हुने खतिवडाले बताए।