रिपोर्टस् क्लबमा निर्मलाको बुवाआमाको पत्रकार सम्‍मेलन

‘निर्मलालाई न्याय नदिए हामीलाई नि गोली हानेर मारिदेऊ सरकार ‘

+
-

काठमाडौं- १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्‍याविरुद्ध काठमाडौंमा आएर निर्मलाका आमाबुवा र कञ्‍चनपुरका महिला अधिकारकर्मी तथा स्थानीयहरुले सरकार र प्रहरी प्रशासनले अपराधी लुकाउन खोजेको आरोप लगाएका छन्।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्‍मेलन गर्दै उनीहरुले निर्मलाको न्‍याय माग्‍न काठमाडौं आएको जानकारी दिए। पत्रकार सम्‍मेलनमा निर्मलाका बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले न्‍याय माग्‍न दुई छोरीलाई घरमै छाडेर आएको बताए।  बुवा यज्ञराजले आँखाभरि आँसु पार्दै पत्रकार सम्‍मेलनमा भने, ‘हामी न्‍याय माग्‍न काठमाडौं आएका छौँ। हामीलाई न्‍याय दिनुस्, न्‍याय नदिए हामीलाई सार्वजनिक ठाउँमा गोली हानेर मारिदिनुस्। हामी किन बाँच्‍ने ? प्रधानमन्त्रीज्‍यू देशकै अभिभाव भएर सार्वजनिक सञ्‍चार माध्‍यममा झुटो बोल्‍दै हिँड्नु भएको छ। बम दिदीबहिनीका पक्षमा बोल्‍नुभएको छ। यो अपराधीलाई संरक्षण हो।’

यस्तै अधिकारकर्मीहरुले निर्मलाको बलात्कारीलाई कडा कारबाही र कञ्‍चनपुरबासीलाई न्‍याय नदिएसम्‍म आफूहरु काठमाडौंबाट नफर्किने बताए।

उनीहरुले कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीले रेडियो नेपाल मार्फत निर्मला हत्याको प्रमाण लुकाउने गरी बम दिदीबहिनी पक्षमा बोलेको भन्‍दै यसका लागि माफी माग्‍नु पर्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?