एनसेलकाे ‘रिचार्ज एण्ड विन’ अफर, १० जनाले जिते जनही एक लाख रुपैयाँ

एनसेलकाे ‘रिचार्ज एण्ड विन’ अफर, १० जनाले जिते जनही एक लाख रुपैयाँ
+
-

काठमाडाैँ – एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलबार (भाद्र २६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका हुन् ।

१० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले बिहिबार जनही नगद रु एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताहरुले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ ।

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले काठमाडौँमा आयोजित एक कार्यक्रम माझ दुईजना विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई जनही रु एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजना अन्र्तगत प्रत्येक विजयीले रु एक लाख नगद पुरस्कार पाउँछन् यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद रु एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन भइरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अबधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?