संगीतलाई एक्सप्रेस गरौँ

मौलिक संगीतलाई चिनाउने सुर सुधाको प्रयास

मौलिक संगीतलाई चिनाउने सुर सुधाको प्रयास
+
-

काठमाडौँ – दसैँमा बज्ने मंगल धुन, तिहारमा बज्ने दीपावलीको संगीत। आवाजको पहिचान त्यति अपिरिचित छैन जति यसलाई बनाउनेको छ।

‘सुर सुधा’ संगीत समूहले विगत २० वर्षदेखि तबला, बासुरी, सितार र गितारको संगीत समिश्रणलाई साँस्कृतिक मूल्य मान्यतासँग जोडेर प्रवर्द्धन गर्दै आएको छ।

सुरेन्द्र श्रेष्ठ, सुर सुधा ब्याण्डका संस्थापक। यो ब्याण्ड सन् १९९१ मा स्थापना भएको हो, बिना कुनै योजना।

‘एउटा प्रतियोगिता भइरहेको थियो, प्रस्तुति दिन जानलाई चारजनाको नाम एक एक गरेर भन्नु भन्दा ‘ब्याण्डको नाम भए हुने’ भने, त्यसपछि हामीले नाम राख्ने सोँच बनायौँँ’ सुरेन्द्र थोरै नोन्सटाल्जिक भए, ‘साथीहरुले नाम राख भनेपछि मैले साहित्यकार, भैरवनाथ रिमाल जी कहाँ गएर नाम जुराए।’

त्यतिबेला,
सितार – तारावीर तुलाधर
बासुरी – प्रेम राना औतारी
तबला – सुरेन्द्र श्रेष्ठ
गितार – हरिस माथेमा समूहमा जोडिए।

हरिश माथेमा पप गायक पनि हुन्।

सुरेन्द्र घरमा भजन सुनेर हुर्किएका हुन्। उनलाई भजनमा बजेको तबलाको धुनले मोहित बनायो। उनी गुरु खोज्दै गए। सुरेन्द्रका तबला गुरु नेपालमा राजु अग्रवाल अनि होमनाथ उपाध्याय हुन्, त्यसपछि भारतमा पनि उनले तबलाको प्रशिक्षण लिएका छन्।

यसै क्रममा तारावीर तुलाधरसँग भेट भयो। ‘उहाँले होटल सांग्रीलामा आउ, अभ्यास पनि हुन्छ, थोरै तलब पनि हुन्छ भन्नुभयो।’ यसरी भेटिदै गएका थिए साथी। अनि बनेको थियो ब्याण्ड।

तर यति लामो समयसम्म जाला र करियर नै यसैमा होला भन्ने सोचेको थिएन।

उनले स्नातकसम्म व्यवस्थापनको अध्ययन गरेका हुन्। यत्तिकैमा उनको संलग्नता संगीतमा भयो र उनले म्यूजिकोलोजी भारतबाट गरे।

सुर सुधाको स्थापना र तबलाको लगाबले त्यतिबेला रोजीरोटीको बाटो बन्छ होला भन्ने सोचेको कुरा थिएन। सुरेन्द्र मुस्कुराउँदै भन्छन्, ‘अहिलेलाई तबला बजाएको पैसाले मलाई दाल भात तरकारी खान पुग्छ। कहिले काँहि मासु पनि खान्छु।’

उनले व्यवहारिक जवाफ दिए, ‘यो पेशा टन्नै पैसा पाइने हैन, तर सामान्य तरिकाले जीवन चलाउन पुग्छ, स्कोप खोज्न जान्नुपर्छ।’

संगीत सिक्नु फरक र त्यसलाई बेच्नु, व्यावसायिकरण गर्नु एकदमै फरक विषय। ‘राम्ररी बजाउन आउँछ, गाउन आउँछ भने त्यो जम्मा २५ प्रतिशतमात्र हो’ सुरेन्द्र भन्छन्, ‘संगीत व्यवसाय मार्केटिङ्ग, संगीत सुन्नेको रुचि भाषा जान्नु पर्छ।’

एउटा संगीतकर्मी ट्राभलर पनि हो। उसले धेरै ठाउँको भाषा संस्कृति पनि जान्नुपर्छ, जति जान्यो उती स्कोप हुन्छ।’

संगीतकर्मीको अर्को गुण भनेको रिझाउने हो। यसको लागि आत्मविश्वास धेरै नै आवश्यक छ। संगीतको भाषा हुँदैन, यो टोली अहिले चाइनामा छ। केही दिन अगाडिको भेटमा उनले भनेका थिए, ‘हामीलाई चाइनाको कुनै पनि भाषा आउँदैन तर हामी त्यो विश्वासको साथ जाँदैछौँ की हामी सबैको मन जितेर नै आउँछौँ।’

यो उनीहरुको चीनको दोस्रो यात्रा हो।

उनीहरुले बजाउने संगीतमा शब्द छैन, मात्र धुन। यहि धुनलाई सबैले सुन्ने बनाउने, सबैको रुची अड्याउनु नै चुनौति हो।

‘शास्त्रीय संगीत बज्ने बित्तिकै च्यानल चेञ्ज गर्ने, निदाउने इम्प्रेसन हो। तर बज्ने बित्तिकै ‘ओ माई गड’ भन्ने बनाउन धेरै नै मेहनत गर्नुपर्ने हुन्छ नि।’

केही संगीतका पाटा हुन्छन्, त्यसलाई इम्प्रोभाइजेशन गर्न मिल्छ, त्यसमा आफ्नो सिर्जनशीलतालाई खुलेर गाँञ्ज मिल्छ। यसै मध्येको एक ‘मेडिटेशनल’ म्यूजिक हो। यस्तै फ्युजन, एक्पेरीमेन्टन आदि। यी शास्त्रीय संगीतका पाटा हुन्। सुरेन्द्र भन्छन्, ‘तर हाम्रो युवालाई थाहा छैन। बढी विदेशीलाई थाहा छ। हाम्रो सँस्कृतिको बारेमा अनुसन्धान छैन।’

संसारमा संगीत चिनाउने प्रयास


स्कोप खोज्दै यो टोलीले विश्वका विभिन्न देशमा कन्सर्ट गर्ने गरेको छ। ‘अमेरिका, चीन अनि भारत यी देशमा हामी जान पाइरहेका छौँ। अवसर भएमा अन्त पनि हामी जान्छौँ। जापानको योजना पनि छ।’

यो पटकको चीन भ्रमण एउटा किताब सार्वजनिक गर्ने क्रममा मिलेको अवसर हो। यो भन्दा अगाडि सेङ्याङ्ग भन्ने ठाउँमा एउटा प्रोजेक्ट थियो। त्यहि बेला गएको हो। अहिलेको कन्सर्ट उहान भन्ने ठाउँमा हुन लागेको हो।

विदेशीले संगीतलाई सिकाईको हिसाबमा, कलात्मक रुपमा, केही तुलनात्मक रुपमा दर्शकले हेर्ने गरेका छन्।

थाहा भएको ठाउँमा क्रेज पनि धेरै। ‘अमेरिकामा कन्सर्ट सकाएपछि मानिसहरु झुण्डिन्छन्। तर चाइनामा यसको बारेमा कमलाई थाहा छ। तर चाख भने छ। धेरैमा हाम्रो दर्शक ३ हजार हुन्छन्।’ सुरेन्द्रले भिडियो देखाए जसमो चीनका नागरिक सितार र तबला नजानेर पनि रमाई रमाई बजाइरहेका थिए। उनी यसलाई प्रभाव मान्छन्।

यसले नेपालीको छाप बनाउने उनले बताए, ‘संसारमा नेपाली भन्ने चिने सांगीतिक परिचय हुने उनको विचार छ।

तर नेपालको परिपेक्ष फरक छ। सन् २००० सम्म यो अलि गारो नै थियो। तर अहिलेका युवाहरु संगीतमा संवेदनशील छन्। सुर सुधाले पनि चाहेको यहि हो। ‘क्लासिकल संगीतमा सबैको चाख राखोस्।’ सुरेन्द्र भन्छन्, ‘संगितलाई एक्सप्रेस गरौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?