ओलीको आक्रोश

सरकारको आलोचना गर्नेविरुद्ध ‘अरिंगालले जसरी झम्टिन’ प्रधानमन्त्रीको निर्देशन

सरकारको आलोचना गर्नेविरुद्ध ‘अरिंगालले जसरी झम्टिन’ प्रधानमन्त्रीको निर्देशन
+
-

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका शीर्ष नेताहरुप्रति नै लक्षित गर्दै सरकारको आलोचना गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा ओलीले सरकारको आलोचना गर्नेविरुद्ध सामूहिक प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले सरकारको प्रतिक्षामा आफू मात्र बोल्नु परेको भन्दै दुखेसोसमेत पोखे ।

उनले सरकारविरुद्ध प्रतिक्रियावादीहरुले हमला गरेर जनतामा निराशा पैदा गर्न खोजेको आरोप लगाए । ओलीले भने, ‘केपी ओलीलाई हमला गरेको छ, मलाई होइन भनेर चुप लागेर बस्ने होइन । अरिंगालको गोलो जस्तै झम्टिनुपर्यो। एउटालाई आक्रमण गर्दा सबै जाइलाग्नुपर्छ । अरिंगालको जति पनि हाम्रो बुद्धि छ कि छैन ?’

ओलीले बोटगीको सपना पूरा गर्न पार्टी एकता सुरु गरिएको र यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाए । ‘उहाँको सपना आर्दश, राजनीतिक मात्र होइन सबै अधिकार भएको लोकतान्त्रिक समाज बनाउने हो । साना स्वार्थ, जिद्द, अहंकारमा अल्झियौं भने उहाँका सपना पूरा हुँदैनन् । पार्टी एकतालाई गति दिनैपर्छ’, ओलीले भने ।

पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसको अवसरमा शनिबार आयोजित समारोहमा ‘बोगटीका विचार’ पुस्तक लोकार्पणपछि सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । साथमा नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेताहरु । तस्वीर : रासस

कार्यक्रममा अध्यक्ष ओलीले आफू र अर्का अध्यक्ष प्रचण्डबीच दूरी बढाउने प्रयास पार्टीभित्रैबाट भएको भन्दै आक्रोश पोखे । उनले भने, ‘पार्टी एकताप्रति अन्तरविरोध बढाउने, दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको छ । उहाँ र म एउटै मान्छे त होइन । केही फरक त भइहाल्छ ।’

ओलीले एकताप्रति बाहिर ठिक्क र भित्रभित्रै भाड्ने प्रयासमा नेताहरु नै लागेको आरोप लगाए ।

‘एकताप्रति बाहिर बाहिर ठिक्क देखिने भित्रभित्रै भाँड्न खोज्नेहरु सक्रिय भइरहेका छन् । त्यसप्रति सचेत रहनुपर्छ । हामी दुईजना सबै अन्तरविरोधलाई आर्दशको ग्लूद्वारा जोडेर अघि बढ्छौं ।’

अध्यक्ष ओलीले पार्टी एकता जाने श्रीखण्ड नजाने खुर्पाको बिँड हुने चेनावनी दिए । उनले भने, ‘हामीले श्रीखण्ड पैदा गरेका छौं । जान्यो भने यो श्रीखण्डले विश्वभर सुगन्ध फैल्याउँछ । अन्यथा खुर्पाको बिँड हुनेछ ।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताप्रति विश्वभरबाट विश्वास व्यक्त भइरहेको उल्लेख गरे । उनले सकारात्मक र रचनात्क ढंगले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु र जनअपेक्षाअनुसार काम गर्नु नेता बोगटीप्रति श्रद्धाञ्जली बताए ।

हृदयाघात र मष्तिष्कघातका कारण बोगटीको २०७१ भदौ ३० गते निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको अरिंगालको सामाजिक सञ्जालमा उछित्तो

प्रधानमन्त्रीको अरिंगालको सामाजिक सञ्जालमा उछित्तो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?