विदेश जाने प्लेनको रुट र टक्क पोज दिएका तस्बिर

विदेश जाने प्लेनको रुट र टक्क पोज दिएका तस्बिर
+
-

काठमाडौँ– नेपाल आर्ट काउन्सिलको दोस्रो तलाको भित्ता विभिन्न तस्बिरले सजिएको छ। कला सँस्कृति, प्रकृतिसँगै मानिसका व्यवहारिक कथालाई पनि देख्न सकिन्छ। प्रदर्शनीको लागि आर्ट काउन्सिलको एक कुना कलाकार हितमान गुरुङको सिर्जनाले ओगटेको थियो।

क्याप्सनमा लेखिएको छ, ‘समसामयिक नेपालको ७५ तस्बिरमा चित्रण।’

क्यानभासमा विभिन्न समाचारका अंशहरु छन्। रातो रंगले नेपालबाट विभिन्न देश जाने प्लेनको रुट देखाइरहेको छ। सँगै छन्, टक्क पोज दिएका तस्बिर।

हितमानले भेनेँ, ‘यी सबै पासपोर्टको लागि खिचिएका फोटोहरु हुन्। उनीहरुको अनुहारमा उनीहरु जुन देशमा जान लागेको त्यो देशको नाम त्यहिँको भाषामा लेखिएको छ।’

कलाकार हितमान गुरुङ लेबर माइग्रेशनमा काम गरिरहेका छन्। उनले संग्रहित गरेका ७५ फोटोले ७५ ओटा जिल्लाको प्रतिनिधित्व गरेको छ।

त्यहि कुनामा खचखच कोचिएर भिजा कुरीरहेका युवाहरुको तस्बीर छ। जसले विदेशिन लालाहित युवाको समूहलाई इंगित गरेको छ।

‘दोस्रो विश्व युद्धपछि मानिस बिदेशिएको भन्दा अहिलेको धेरै छ। त्यो बेलामा लडाई लड्न गए, अहिले अवसरको खोजिमा।’

उनको विश्लेषणमा माओवादि द्वन्द्वकालपछि बिदेशिने सँस्कृति बढेको हो। यसको लागि राजनीतिक, सामाजिक तत्वहरु धेरै जिम्मेवार छन्। सन् २०१३ देखि आर्टरी क्लबमा काम गरिरहेका गुरुङले बैदेशिक रोजगारीमा कलम चलाइरहेका छन्।

भदौ २६ बाट सुरु भएको हिमालय आर्ट फेस्टिबल सन् २०१८ शनिबार सकिएको छ। यो चित्रकारहरुको मेला हो। आयोजकका अनुसार यहाँ १ सय ३० कलाकारको कला संग्रहित थिए। मेलामा पेन्टिङ, छापिएका चित्र, फोटोहरु, थान्का सँगै विभिन्न कलाकारको प्रस्तुति पनि थियो।

तस्बिरहरु : सुलभ श्रेष्ठ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?