
काठमाडौँ – नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि.ले ग्राहकहरुद्वारा सर्वाधिक रुचाइएको बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ ।
यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र रु. १९,९९९को न्यूनतम डाउनपेमेन्ट तिरे पुग्ने प्राबधान रहेको छ ।
खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रा लि. बाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको हो ।