
काठमाडौँ- सरकारका विरोधीहरुलाई ‘अरिंगालको झै झम्टन’ आदेश दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुच्छ अभिव्यक्ति दिने कलाको फेरि एक पटक प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका व्यक्तिले यस्ता खालका अभिव्यक्ति दिनु हुन्थ्यो वा हुन्थेन त्यो छुट्टै बहसको विषय हुन सक्ला तर सामाजिक सञ्जालहरुमा उनको यस्तो अभिव्यक्तिको नराम्रोसँग मजाक उडाइएको छ।
धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यो विषयमा प्रधानमन्त्रीलाई मजाकको पात्र बनाएका छन् जुन प्रधानमन्त्री ओलीका लागि सुःखद हुने कुरा त हुँदै भएन एक आम नागरिकका लागि पनि निकै दुःखद विषय हो।
हुन त मानिसको स्वभावले उसको चरित्र प्रदर्शन गर्छ, आफ्नो भाषणमा मानिसहरुलाई उखानटुक्का सुनाएर आफूतिर आकर्षित गराउन खोज्ने केपी शर्मा ओलीको यो नयाँ स्वभाव त होइन तर प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले बोलेका हरेक शब्दहरु आम नागरिकसँगै अन्तराष्ट्रिय समुदायले पनि सुनेर मुल्याङकन गरिरहेका हुन्छन भन्ने कुरा भने ओलीले ख्याल गरेको पाईदैँन।
फलस्वरुप उनी अहिले मजाकको पात्र बनेका छन् सामाजिक सञ्जालमा र उनको यो अभिव्यक्तिको मुलुकभरबाट चौतर्फी आलोचना भइरहेको छ।
कांग्रेस प्रवक्ता समेत रहेका विश्व प्रकास शर्माले अरिंगालको तस्बिर सहित ‘राजनैतिक दर्शनको प्रष्ट फरक’ शिर्षकमा ट्वीटरमा यस्तो लेखेका छन्।
‘प्रम विपिले एक पत्रिकालाई नियमित रुपले मासिक रकम दिएर आग्रह गर्नुभएछ, ‘सरकारको गल्ती कमजोरी निरन्तर औँल्याइदिनुस, जनभावना बुझेर काम गर्न मलाई सजिलो हुनेछ । दुई तिहाइका अर्का प्रधाममन्त्रीले आज आग्रह गर्नुभयो, विरोध गर्नेका विरुद्ध अरिंगाल भएर जाइलाग्नुस।’
राजनीतिक दर्शनको प्रष्ट फरक !!
प्रम विपिले एक पत्रीकालाई नियमित रुपले मासिक रकम दिएर आग्रह गर्नुभएछ `सरकारको गल्ती कमजोरी निरन्तर औंल्याइदिनुस्, जनभावना बुझेर काम गर्न मलाई सजिलो हुनेछ´!
दुइतिहाइका अर्का प्रमले आज अह्राउनु भयो…`विरोध गर्नेका विरुद्ध अरिंगाल भएर जाइलाग्नोस् ! pic.twitter.com/mIgNTGNfs1
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 15, 2018
प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिपछि ट्वीटरमा सुनिल पौडेलले अरिंगाल काढ्दै भनेर यस्तो तस्बिर शेयर गरेका छन् ।
ट्वीटरमा हाप्सिलो नाम गरेका प्रयोगकर्ताले आफ्नो दाईसँग भएको रमाइलो कुराकानी यसरी शेयर गरेका छन्।
दाई – अरिंगालले झम्टियो भाई क्यार्नी हो?
म – अरिंगाल तह लगाउने उपाय राँको बालेर गोलोमा झोस्नुपर्छ त्यस्ता अरिंगाल भागेर स्वयं ओलीको बयलगाडा चढेर भाग्छन् ।
ट्वीटरमै सुरेश गौतमले भनेका छन्, ‘हिजो हनुमान जस्तो मेरो भक्ति गर्नुस्, आज अरिंगाल जसरी मेरो विरोध गर्नेमाथि जाइलाग्नुस्, भोली बहुलाहा कुकुर जस्तो सबैलाई टोक्नुस् ।’
ट्वीटरमा दीपक सर नामका प्रयोकर्ताले विज्ञापनको पारामा भनेका छन्, ‘यहाँ अरिंगालको जस्तै प्रतिवाद गर्ने तालिम दिईन्छ । सम्पर्क अरिंगाल ईन्स्टीच्युट काठमाडौँ ।
ट्वीटरमा मुना मगरले अरिंगाल प्रकरणमा प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेकी छन्, ‘सरकारको आलोचना गर्ने विरुद्ध कालो अरिंगालको जसरी झम्टिन निर्देशन । अझै कति निर्मलाहरुको टाउकोमा कालो अरिंगालले चिल्ने बिचार छ प्रम ज्यू ?’
अरिंगालको विषय चर्चामा आएपछि ईन्द्रध्वज कार्कीले ट्वीटरमा अरिंगालका प्रकारबारे जानकारी दिन खोजेका छन् ।
‘एक्कासी प्रधानमन्त्री ज्यूले अरिंगालको कुरा सम्झाइदिनुभयो । अरिंगाल दुईथरी हुन्छन, रातो र कालो । रातो अरिंगाल अलिक सानो र कम विषालु पनि हुन्छ । कालो अरिंगाल भने झण्डै भँवरा आकारको हुन्छ र टोकेमा घाउ पनि ठूलो हुन्छ, निको हुन पनि धेरै समय लाग्छ ।’
ट्वीटरमा अरिंगाल कजिनी नामकी प्रयोगकर्ताले लेखेकी छन्, ‘म हुँ अरिंगाल प्रतिक्रियावादीको काल, यस्ता छेउ न टुप्पोका सवाल, मलाई बाल म बबाल, म अरिंगाल ।’
धिरेन्द्र नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘अरिंगालले टोकेर एकपटक खिल निकालेपछि अरिंगाल पनि मर्छ भनेको सुनेको थिए । यो सत्य हो भने त अरिंगालहरुका दिन अब धेरै छैनन् ।’
सत्ता र सरकारमा रहेका अन्धभक्तहरुलाई हनुमान भन्ने गरिएकोमा अब अरिंगाल भन्न थालेपछि अनार्यले अरिंगाल र बाँदरको तस्बिर शेयर गरेर भनेका छन् । अरिंगाल त हनुमान भन्दा आकारमा सानो पो हुन्छ गाँठे । पद घटुवा भयाे ।
ट्वीटरमा आफ्नो नाम जस्टिस फर निर्मला नाम राखेका व्यक्तिले समाचारका तीन वटा हेडलाइन लेखेका छन् र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको सम्झना गरेका छन् ।
समाचार १ – देशैभरी निर्मलाको न्यायको माग गर्दै प्रदर्शन
समाचार २ -सरकारको विरुद्ध कोही बोले अरिंगालको जसरी जाइलाग्नुस् । रुन पनि पाइदैँन वाला फिलिङ ।
ट्वीटरमा सुदिप अर्यालले लेखेका छन्, ‘प्रजातन्त्रमा जनताले सरकारको काम चित्त नबुझे विरोध गर्न प्रोत्साहन गर्नुपर्ने हो हाम्रो देशमा त अरिंगालतन्त्र रैछ, सरकारको विरोध गर्नेलाई अरिंगालको झैँ झम्टन निर्देशन दिँदैछन् प्रजातन्त्र जोगाउनुपर्ने प्रधानमन्त्री ।’