पशुपतिनाथमा गोविन्दाको डेढ घन्टा यसरी बित्यो

पशुपतिनाथमा गोविन्दाको डेढ घन्टा यसरी बित्यो
+
-

आइतबार बिहान पशुपतिनाथ मन्दिर परिसरको माहोल शान्त थियो। भाद्र महिनाको अन्तिम दिन (मसान्त) परेकाले होला, मन्दिरमा नियमित दर्शनार्थीबाहेक दक्षिण भारतीय दुई हुल दर्शनार्थीहरु पङ्तिबद्ध भएर पश्चिमद्वारबाट दर्शन गरिरहेका थिए।

विहान ९ बजे ४० भएको थियो एक्कासी मन्दिरको माहोलमा अचानक रौनक थपियो। प्रहरीहरु अलर्ट भएर बसे। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी झुल्कन थाले, केही युवा पनि ओइरिए।

त्यही बीचमा सेता पहिरनमा सजिएर भारतीय अभिनेता गोविन्दा मन्दिरको पश्चिमद्वारबाट नृत्यकला जस्तै गरी दक्षिणद्वारमा पुगे पशुपतिनाथ दर्शन गर्न। मन्दिरको गर्भगृहमा अर्चकहरु बैदिक मन्त्रोचारण गर्दै थिए। द्वार नजिकै रुद्राभिषेक पाठ–पारायणको श्वराचरण पनि उर्जावान हुदै थियो।

पश्चिमद्वार दुवैतिर अग्निकुण्डमा ब्राम्मणहरु होमाग्नि गर्दै थिए। दर्शनार्थीहरु एक्कासी गोविन्दा, गोविन्दा भन्दा सबैको अनुहार हँसमुख भएको थिए। नियमित दर्शनमा आउने माडवारी समुदायहरु पनि गोविन्दाको पछि पछि हिँड्न थाले।

सुरक्षाकर्मीको घेराबन्दीमा गोविन्दा पशुपतिनाथको परिक्रमा गर्दै थिए। मन्दिरका कुँदिएका कलाहरुको अवलोकन गर्दै। तीर्थयात्रीहरु पनि सभ्य भएर गोविन्दको पशुपनिनाथ दर्शनका लागेका यात्रीहरु पनि उनको पछिपछि यात्रामा थिए। भीड सदाजस्तै सामान्य थियो। तर सबैजनाको अनुहारमा खुसी थियो।

एकजना भारतीय तीर्थयात्री हमारा गोविन्दा भन्दै थिए। अर्का एकजना माडवारीले भने,‘ उन्होँ ने नेपालीकी बेटीको सादी की। नेपाल नका ससुराल है।’ संवाद निकै रोचक थियो।

गोविन्दाले भक्तपुरमा विवाह गरेको चर्चा गर्दै थिए। ‘राजाबाबु फिल्मलगायत सयौं फिल्म खेलेका गोविन्दाको राजाबाबु फिल्म हमने १० बार देखा है। आज पशुपतिनाथमे हमने गोविन्दाको देखा, हमे बहुत अच्छा लगा,’ भारतबाट आएका दर्शनार्थी भन्दै थिए।

गोविन्दाको साथमा एकहुल परिवारका सदस्य र सहयोगीहरु आएका थिए। केही दर्शनार्थी अटोग्राफ लिन खोज्दै थिए। तर सशस्त्र र नेपाल प्रहरी गोविन्दाको वरवर कसैलाई चियाउनबाट रोक्दै थिए।

गोविन्दाले सवालाख बत्ती र यज्ञ र विशेष पूजाको प्रबन्ध गरेका थिए। मन्दिर परिक्रमा गरी दक्षिणद्वारबाट गर्भगृहको दर्शन गरे, भक्तिपूर्वक दुई हात जोडी शीर झुकाएर।

मन्दिरका प्रधान अर्चक गणेश भट्ट र गोविन्दाको छोटो संवादमा भगवानको आर्शीवाद लिदै गोविन्दाको हसिँलो अनुहारमा अर्चक भट्टले पनि गोविन्दालाई हँसाए। अर्चक भट्ट र गोविन्दाको हाँसो निकै हर्षित मुद्रामा थियो। पशुपतिनाथको अर्पित चन्दन र फुलमालाले गोविन्दाको स्वागत गरे। उनको साथमा जति समूह थिए, हात जोडर भक्तिभय तवरले दक्षिण, हुदै पूर्व उत्तर र पश्चिमद्वार हुँदै यज्ञ मण्डपमा यजमान भएर हवन कार्यक्रममा सहभागी भए गोविन्दा ।

करिव डेढ घण्टा मन्दिर परिसरमा बिताएका गोविन्दा मन्दिर परिसरबाट बाहिर निस्कदा फोटो लिनेको ताती नै बनेको थियो। केही शुभेच्छुकहरुलाई हात मिलाए। हाल हल्लाउदै सबैलाई धन्यवाद दिदै गोविन्दा फोटो सेसन पनि गरे। हसिलो अनुहारमा गोविन्दाको हिँडाइ पनि नृत्य जस्तै थियौ। मन्दिरबाट बाहिर निस्कदै गर्दा सयौंको भीडलाई सुरक्षाकर्मीहरुले पन्छाउदै पढाए।

विमस्टेकको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केही हप्ता अगाडि पूर्व प्रधानमन्त्री एचडी देवगौडाले पशुपतिनाथको दर्शन गरेका थिए। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको कैलास यात्राबाट फर्कदा पशुपतिनाथको दर्शन गर्ने भनिए पनि दर्शन थाती राखेर स्वदेश फर्किए। दर्शन नगरेपनि उनका दर्शन व्यबस्था मिलाएर भारतबाट आएका काग्रेसका नेताहरुले राहुलले कैलासबाट ल्याएको जल पशुपतिनाथमा अभिषेक गराइएको थियो।

भारतीय नेतादेखि कलाकारहरु पशुपतिनाथ दर्शनको मेसोमा कलाकार गोविन्दाको पशुपतिनाथ यात्रा सम्पन्न भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?