
काठमाडौं : सिटी एक्सप्रेसले दशैँ, तिहार र छठलाई लक्षित गर्दै पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने ‘लखपति एक्स्प्रेस’ उपहार योजना घोषणा गरेको छ ।
एक्स्प्रेसको उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक दुई सयको मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले दश हजार र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनालाई एक लाख उपहार प्रदान गरिनेछ ।
उपहार योजनाको अन्त्य मा एक जना विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ वर्ष प्रवेश गरेको उपलक्ष्ेयमा १२ लाख जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुन पाउनेछन् ।
लखपति एक्स्प्रेस अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा एक हजार एक सय २० जना उपभोक्ता विजेता हुनेछन् ।