#जस्टिस फर निर्मला

निर्मलाका बुवाआमाले प्रधानमन्त्रीलाई भेटे, लगाए न्यायको गुहार

निर्मलाका बुवाआमाले प्रधानमन्त्रीलाई भेटे, लगाए न्यायको गुहार
+
-

काठमाडौँ – बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवाआमाले प्रधानमन्त्रीलाई भेटेका छन् ।

छोरीको न्यायका लागि काठमाडौँ आएका निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीले सोमबार बिहान बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् ।

भेटमा उनीहरुले छोरीको न्यायका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री ओलीले निर्मलाको न्याय र दोषीलाई कारवाहीका लागि आफू प्रतिबद्ध रहेको आश्वासन दिएका छन्।

प्रधानमन्त्री ओलीले दोषी जो कोही वा जुनसुकै दलसँग सम्बन्धित भए पनि पत्ता लगाउने र नछोड्ने प्रतिबद्धता जनाएका हुन् । यसकै लागि प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले निर्मलाका बुवाआमालाई ‘तपाईँहरुको पीडा मेरो पीडा हो’ भनेका छन् ।

निर्मलाका बुवाआमासँगै प्रधानमन्त्रीलाई भेट्न कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी तथा त्यो क्षेत्रका नेताहरु पनि गएका थिए ।

प्रधानमन्त्री र उनीहरुबिच झण्डै एक घण्टा छलफल भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?