दयाहाङले बनाएको ‘जालिनी’

बुर्जुवाको शक्ति जालको असफल प्रयास ‘जालिनी’

बुर्जुवाको शक्ति जालको असफल प्रयास ‘जालिनी’
+
-

वारीदेखि पारीसम्म फैलिएर, रिसाएर आएको खोला जो सागर भेट्न हतारिएको छ। उ हिड्ने बाटो छेक्नेलाई भत्काउदै लडाउदै अनि ठूलो आवाजमा सुसाउँदै अगाडि बढेको छ। मानौ कुनै बाँधबाट उ आजाद भएको हो। यहि आक्रोशित खोला शान्त हुने समय कुरेर बसेका वृद्धा र युवतीले समय कटाउन गरेको संवादबाट नाटक ‘जालिनी’ को संघार खुल्छ।

एक शक्तिसम्पन्न राजाले आफ्नी प्रतिभावान् छोरी ‘जालिनी’ लाई राजदरबार बाहेकको संसारसँग परिचित गराएका हुँदैनन्। जालिनीको जन्म हुँदा ज्योतिषले भविष्यवाणी गरेका हुन्छन्, ‘राजकुमारीले अन्जानमा एक पुरुषको चित्र बनाउछिन्, त्यो संसारको प्रभावशाली महापुरुष बन्ने छ।’

राजाले आफू महापुरुष बन्नको लागि जालिनीलाई बाहिरी संसारसँग टाढा राख्नु, आफ्नो मोजमानीको लागि प्रजाहरुको बलिदान र शोषणको विरुद्धमा बोल्नेलाई कसरी सजाय दिन्छन् र यहि बिचमा समाज जाती, भाषा र सँस्कृतिको निर्माण हुन्छ भन्ने थाहा पाउन १ घण्टा नाटक हेर्न बस्नै पर्ने हुन्छ। 

……..

‘जालिनी’ लोक कथा शैलीको कथा हो। राजारानी, राजकुमार, राजकुमारी, वीर वीरंगना, बुद्धिमान महिला अनि वृद्धावृद्धा र चतुर बालबालिकाको कथा हो जालिनी। अलौकिक पात्र, परिवेश, राजदरबारका नीति शिक्षा, लोक विश्वास, अन्ध विश्वास, धार्मिक चिन्तन जालिनीले बोलेको छ।

‘जालिनी’ ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ को एउटा कथा हो, जसको अर्थ चित्रशाला हुन्छ।

कथाकारले यो कथालाई कुनै कालखण्डको स्त्री नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई कसरी घर वा घरको पर्खालभित्र कैद गरिन्थ्यो, शासक, उसका मतियार र वरपरकाले कुसँस्कार कसरी निर्माण भए। भूमिहिन र दास वर्गको बाध्यात्मक परिस्थिति र त्यसले समाजलाई पारेको प्रभाव हो भन्छन्। उनीका अनुसार यो आफैमा चित्र नभएर यसले मानिसको मष्तिस्कमा चित्र कोर्ने काम गर्छ।

अहिले हाम्रा समाजमा चलेका छुवाछुत र भेदभावको चलनलाई शासकले कसरी कसी लगाए भन्ने जालिनीले देखाएको छ।

हामी जन्मदै शासकहरुले हामीलाई शासन गरिरहेका हुन्छन्। स्नेह र विवेकी समाजमा मानवता र स्वतन्त्रता खोज्दा सजाएको भागिदार हुनुपर्ने सामन्ति समाजको दर्षण छ। शासकहरुले आफूलाई शक्तिशाली बनाइराख्न हामीलाई वर्गीकरण गरिदिन्छन्, विभिन्न जात, वर्ग, भाषा र रुपमा ।

सँगै निमुखा र उत्पिडनमा परेकाहरुको अधिकारको लागि आवाज उठाउदा शासकले दमन गर्छन् भन्ने कुरा नाटकले चित्रण गरेको छ, सँगै सशनशिलताको सिमा उल्लंघन भएपछि निम्तिने विद्रोहलाई पनि यहाँ देख्न सकिन्छ। अतिशक्ति र निरञ्कुशतामा पनि मौलाएको प्रेम र यसको ताकललाई ‘जालिनी’ मा महशुस गर्न सकिन्छ।

‘जालिनी’ कथाकार ध्रुवसत्य परियारले लेखेको कथा हो। कलाकार दयाहाङ राईले यसलाई निर्देशन गरेका छन्। जालिनीमा सृजना सुब्बा, बिजय बराल, बिनिता गुरुङ, इँगिहोपो कोइँच सुनुवार, जयन कार्की, सागर दाहाल, बिकाश पन्त, सञ्जिव राई दिपक पछ्लदँँग्या, प्रमिला खनाल, शकु शाह, सुदिप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सबिन घलान, देविन चौधरीको अभिनय रहेको छ।
जालिनी मण्डला थिएटरमा भदौ २९ मा सुरु भएको थियो, यो असोज २१सम्म चल्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?