एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर : १० भाग्यशाली ग्राहकले जिते जनही एक लाख

एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर : १० भाग्यशाली ग्राहकले जिते जनही एक लाख
+
-

काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । दोस्रो हप्ताका विजेताहरु मंगलबार (असोज २ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन्।

दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले असोज ४ गते (बिहिबार) जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र सो प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ।

एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दोस्रो हप्ताका दुई विजयीहरु नुवाकोटका कृष्णाकुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहिबार जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेका हुन्।

सोही कार्यक्रममा युसुफले पहिलो हप्ताका अन्य तीन जना भाग्यशाली विजयी ग्राहकहरुलाई पनि नगद पुरस्कार प्रदान गरेका छन् । धादिङ्गका रामहरी अर्याल, चितवनका राज कुमार गुरङ्ग र कुशल गुरुङ्गले पहिलो हप्ता अन्र्तगत जनही एक लाख जितेका थिए।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यो योजना अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्छ।

यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक एक सय बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन्।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलवार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हन्छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?