फोटो फिचर

सुरु भयो ईन्द्रजात्रा, यसरी ठड्याइयो लिंगो

सुरु भयो ईन्द्रजात्रा, यसरी ठड्याइयो लिंगो
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकाका नेवार समुदायले विशेष रुपमा मनाउने पर्व ईन्द्रजात्रा शनिबारदेखि विधिवत रुपमा सुरु भएको छ ।

गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो शुक्रबार बिहान हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत रुपमा ८ दिने जात्रा सुरु भएको हो । अब यो अवधिमा पुलुकिसी र लाखेनाचहरु देखाइन्छ ।

हप्तादिनसम्म कुमारी, गणेश र भैरवको रथ जात्रा पनि गरिन्छ । आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ । लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृको सम्झनामा शान्तीपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने गरिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखा लगायतका स्थानमा पनि मनाइन्छ। ईन्द्रजात्राका दिन राष्ट्रप्रमुखबाट हनुमानढोकामा जीवित देवीका रुपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा दर्शन गर्ने परम्परा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?