
काठमाडौँ – विशेष गरी काठमाडौँ उपत्यकाका नेवार समुदायले मनाउने ईन्द्रजात्राको दोस्रो दिन शनिबार जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ ।
हनुमानढोका दरबार क्षेत्रमा शुक्रबार बिहान लिंगो ठड्याएपछि विधिवत रुपमा सुरु भएको ईन्द्रजात्राको दोस्रो दिन कुमारीको पूजा गरिएको हो ।
गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो शुक्रबार बिहान हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत रुपमा ८ दिने जात्रा सुरु भएको थियो ।
हप्तादिनसम्म कुमारी, गणेश र भैरवको रथ जात्रा पनि गरिन्छ । आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ । लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृको सम्झनामा शान्तीपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने गरिन्छ ।
शनिबार बिहान कुमारी पूजाका विभिन्न तस्बिरहरु देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका छन् ।