
काठमाडौँ – पूर्व प्रधान न्यायाधीस शुसिला कार्कीको आत्म बृतान्त न्याय शनिबार काठमाडौँमा सार्वजनिक भएको छ ।
‘न्याय’ शिर्षकको उक्त आत्मबृतान्तको लेखक शुसिला कार्की, उनका श्रीमान दुर्गा सुबेदी, शिक्षाविद डा. केदारभक्त माथेमा, चिकित्सा अभियन्ता डा.गोबिन्द केसी, र वरिष्ठ अभिवक्ता शुरेन्द्र भण्डारीले सार्वजनिक रुपमा लोकापर्ण गरे ।
सो अवसरमा वक्ताहरुले पुस्तकका बारेमा टिप्पणी गरेका थिए । शुसिला कार्कीले आफ्नो न्यायाधीस जीवनका विभिन्न रोचक कुराहरुलाई पुस्तकमा समेटेकी छन् । उनले आफूमाथि लगाइएको महाअभियोगको प्रसंगबारे पनि पुस्तकमा विभिन्न कुरा उल्लेख गरेकी छन् ।
केहीदिनअघि उनका श्रीमान दुर्गा सुबेदीको विमान विद्रोह पुस्तक सार्वजनिक भएको थियो ।
सबै तस्बिरहरु बर्षा शाह /देश सञ्चार ।