सुबिन भट्टराई भन्छन्– ‘मेरो सयौँ कृतिको विमोचन पनि यसरी नै गर्न पाऊँ’

सुबिन भट्टराई भन्छन्– ‘मेरो सयौँ कृतिको विमोचन पनि यसरी नै गर्न पाऊँ’
+
-

काठमाडौँ– प्रज्ञा प्रतिष्ठानको भवनको आडमा मानिसहरु खचाखच छन्। प्रतिष्ठान परिसरभित्र बनेको मञ्चमा शनिबार युवा जमातको भिड छ, गुञ्जन छ र प्रतिक्षा पनि।

लेखक सुबिन भट्टराईको नयाँ कृति ‘प्रिय सुफी’ विमोचन भयो। सयौँ प्रंशसकको भिडमा उभिएर लेखकले पुस्तक बिमोचन गरे। माहाेल हौसिएको थियो।

भट्टराईले यो भन्दा अगाडि ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’ र ‘मनसुन’ कृति सार्वजनिक गरेर पाठकहरुको मन चोरिसकेका छन्, यही कारणले यो भिड उनको नयाँ कृति बिमोचनमा साथ दिन पनि आइपुग्यो।

उनलाई प्रेमिल उपन्यासकार भनेर चिनिन्छ। तर उनले आफ्नो परिचयमा त्यो अर्को शब्द थप्न चाहेका छन्। ‘सुफी उत्प्रेरणा दिने कथा हो, निराश भएर आत्महत्या गर्न रोजेकाको भोगाइ हो सुफी जसले सकारात्मक सन्देश बाँड्न खोजेको छ।’

पुस्तक विमोचन कार्यक्रममा आएका सहभागीले उनलाई प्रश्न सोधेका थिए, ‘तपाई गाउँघरका कथा किन लेख्नु हुँदैन?’

जवाफमा उनले भने, ‘म शहरमा जन्मे हुर्के, यतै पढेँ, यतै बसेँ, गाउँमा पुग्न पाएको नै छैन, पछि त्यो कथा नआउलान् भन्न सकिन्न। भर्खर पाँचौ कृति आयो, म सयौँ कृति पनि यसरी नै विमोचन गर्न चाहन्छु। गाउँवस्तीका कथा लेख्न चाहन्छु।’

कार्यक्रममा शितल सुवानी मोक्तानले सांगीतिक कोशेली पस्केका थिए, पुस्तक विमोचनमा नायिका आँचल शर्मा पनि उपस्थित थिइन्।

यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इस्टाग्राममा सुफी पस्तक विमोचन सम्बन्धी पोस्ट गर्नेलाई पनि एक एक ओटा पुस्तक उपहार दिइएको थियो। किताबको मूल्य ३ सय ७५ रुपैयाँ छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’