झण्डै ७२ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ

झण्डै ७२ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ
+
-

काठमाडौँ – कैलालीमा ठूलो परिणाममा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। भजनी नगरपालिका ३ कुशुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ (१ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ) सहित लम्कीचुहा नगरपालिका १ का ३१ वर्षका कृष्ण जोशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले जानकारी दिए।

उनले मोटरसाइकलमा लैजादै गरेको अवस्थामा एक सय, पाँच सय र दुई हजार दरका उक्त नोटहरु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

उक्त रकम भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ। आलुको बोराभित्र लुकाएर ल्याउदै गर्दा उक्त रकम शसस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।

प्रहरीले उनको साथबाट से ४ प ६७६० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?