केन्द्र सरकारविरुद्ध कुनै घेराबन्दी गरेको छैन– मुख्यमन्त्री गुरुङ

केन्द्र सरकारविरुद्ध कुनै घेराबन्दी गरेको छैन– मुख्यमन्त्री गुरुङ
+
-

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारविरुद्ध कुनै घेराबन्दी नगरेको बताएका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै गुरुङले आफूूहरुले प्रदेशको हितका विषयमा केन्द्र सरकारलाई आग्रह गरेकाले यसलाई घेराबन्दीका रुपमा नबुुझ्न आग्रह गरे।

संघीय सरकारले धेरै कामहरु स्थानीय तहले नै गर्छ भनेर प्रदेशलाई अधिकार नदिएको मुख्यमन्त्री गुरुङको भनाइ छ।

‘हामीलाई भौतिक संरचनाहरु चाहियो, काम गर्ने ठाउँ चाहियो, कर्मचारी छैन, कुनकुन कार्यालय हाम्रो मातहत रहने भन्ने अझै छिनोफानो भएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा पनि हामी केही गर्छौं भनेर लागेका छौं।अहिले के लागिरहेको छ भने कतै २४ अर्ब ३ करोडको बजेट छ, त्यो पनि कार्यान्वयन गर्न नसक्ने हो कि भन्ने चिन्ता लागेको छ।’

प्रदेशका विभिन्न मन्त्रालय मातहतका कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत भएको धेरै समय भइसके पनि कर्मचारी नपठाएको प्रति गुरुङ असन्तुुष्टि जनाए।

प्रदेशका केही कुराहरु मिलाउन संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताए।
अहिले गर्ने भनेका सडकमार्ग हवाईमार्ग समयमै बने गण्डकी प्रदेश सुविधायुक्त प्रदेश हुने भएकाले पर्यटन विकास, औद्योगिक विकास, उद्योगको आधुनिकीकरणले पनि फड्को मार्ने उनको भनाइ छ । पोखरा, पर्यटन, शिक्षा, खेलकुदको हिसाबले अन्तर्राष्ट्रिय हब बन्ने बताउँदै भारतीय सिमाको त्रिवेणी छोटी भन्सार र कोरला नाकामा बेलैमा भौतिक संरचना निर्माण गरेर सञ्चालन गर्नुपर्ने बताए।

प्रदेशको विकासका लागि मास्टर प्लान गरेर लगानी सम्मेलन गर्ने मुख्यमन्त्री गुरुङको योजना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?