
काठमाडौँ – एभरेष्ट बैंक लिमीटेड तथा स्टार हस्पिटलबिच स्टार हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैंक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर भएको छ ।
यो छुट बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी,सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउन सक्नेछन् ।
यस सम्बन्धि संझौतामा बैंकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालक अधिकुत सन्देश जीसीले हस्ताक्षर गरेका छन् ।
हाल एभरेष्ट बैंकसँग ९ लाख ५० हजार भन्दा बढी ग्राहक रहेका छन् ।
हालै यस बैंक क्यामल्स रेटिङ्गमा नेपालका बैंकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैंकको ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।