मोदीले सुरु गरे ‘आयुष्मान भारत’ योजना

मोदीले सुरु गरे ‘आयुष्मान भारत’ योजना
+
-

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आयुष्मान भारत’ नामक स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले गरिब र समाजका वञ्चित वर्गमा स्वास्थ्य उपचार पुर्‍याउन उद्देश्यले आइतबार कार्यक्रम सुरु गरेका हुन् ।

योजनामा प्रति परिवारले पाँच लाख बराबरको स्वास्थ्य उपचार खर्च पाउनेछन् । सरकारले योजनाबाट दश करोड परिवारका ५० करोडभन्दा बढी नागरिक लावान्भित हुने दाबी गरेको छ ।

योजनामा गम्भीर प्रकृतिका रोगसहित एक हजार तीन सय प्रकारका रोगको उपचार हुने र पाँच लाख रुपैयाँ बिरामीको जाँच, औषधि र अस्पतालमा लागेको खर्च व्यहोरिने बताइएको छ ।

आलोचकहरुले भने प्रधानमन्त्री ओलीले देशलाई नै बेबकुफ बनाएको भन्दै टिप्पणी गरेका छन् ।

प्राथामिक उपचारको समेत सुविधा नभएको ठाउँमा यस्तो बिमा कार्यक्रम प्रभावकारी नहुने र निजी अस्पतालले फाइदा लिने आलोकहरुको दाबी छ । घोषणाअनुसार कार्यन्वयन गर्न सरकार ढुकुटीमा पैसा नभएको उनीहरुको जिकिर छ ।

यो कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना छ ।

भारतमा अस्पताल र चिकित्सकको अभावका कारण अधिकांश भारतीयले निजी स्वास्थ्य क्लिनिक र अस्पतालबाट उपचार लिइरहेको पाइन्छ । तर निजी क्लिनिकमा उपचार गर्न चाहने व्यक्तिले चिकित्सकको शुल्कबापत भारु एक हजार तिर्नु पर्दछ ।

सरकारी अनुमान अनुसार भारतमा आम्दानीको ६० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?