
काठमाडौँ – विशेषगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले उत्सवका साथ मनाउने ईन्द्रजात्राको विशेष दिन सोमबार जीवित देवी कुमारीको विशेष रथ यात्रा भयो ।
रथ यात्राका हेर्न र कुमारीको दर्शनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च पदस्थ सरकारी अधिकारीहरु पनि पुगे । राष्ट्रपतिसहितले कुमारीको विशेष पूजा तथा दर्शन गरेपछि सर्वसाारणको दर्शनका लागि बसन्तपुरबाट कुमारीको रथ विभिन्न ठाउँमा लगियो । कुमारीको रथ यात्रा गराउँदा गराउँदै सोमबार मध्यरात हुन लागेको थियो ।
दिउँसोदेखि नै रथमा रहेकी देवी कुमारी राति अबेरसम्म पनि यात्रामा रहँदा थाकेको देखिएकी थिइन् । देवी कुमारीले रातिको रथ यात्राको क्रममा घरी झकाएको त घरी हाइ गर्दै गरेको देखियो । देवी कुमारी लामो यात्राका कारण थाकेकी तर परम्पराको निर्वाहमा लागेको देखियो ।