
अ
+
अ
अ
-
धनगढी – प्रदेश सातको नाम र राजधानीबारे तयार पारिएको प्रतिवेदन मगलवारको प्रदेशसभा बैठकमा पेश गरिने भएको छ । मंगलबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
मंगलबार बस्ने बैठकमा प्रदेशको नाम र राजधानीबारे सुझाव पेश गर्नका लागि गठन गरिएको समितिले तयार पारेको प्रतिवेदन पेश गरिने प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए ।
उनले बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको बताए ।
नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले यसअघि सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो । केहीदिनअघि सभामुख थापाले दसैँअघि नाम र राजधानीबारे टुङगो लागि सक्ने बताएका थिए ।