
अ
+
अ
अ
-
धनगढी – धनगढीबाट राजधानी सार्न खोजेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।
तर उक्त सिफारिस मान्य नहुने भन्दै प्रदर्शन सुरु भएको हो । धनगढीबाट राजधानी सार्न नहुने भन्दै स्वस्फूर्त रुपमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् ।
अहिले १ बजे बसेको प्रदेशसभा बैठकमा सांसदहरुले उक्त प्रतिवेदनबारे छलफल गरिरहेका छन् । बाहिर भने नाराबाजी भइरहेको हो । उनीहरुले प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिका सभापति तारा लामा तामाङका विरुद्ध नाराबाजी गरिरहेका छन् ।
प्रदर्शनमा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु पनि देखिएका छन् ।