स्वयम्भू कन्सर्टको पूर्वसन्ध्यामा

राष्ट्रकवि घिमिरेलाई समर्पित नेपथ्यको ‘ऐनाझ्याल’

राष्ट्रकवि घिमिरेलाई समर्पित नेपथ्यको ‘ऐनाझ्याल’
+
-

काठमाडौँ –  यसैसाता सय वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै लोकरक ब्याण्ड नेपथ्यले ‘ऐनाझ्याल’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । यस गीतलाई नेपथ्यले सन् २०१० मा तयार पारेको अल्बम ‘ऐनाझ्याल’ मा समेटेको थियो ।

त्यसपछि एक वर्षसम्म ब्याण्डले लगातार आफ्ना कन्सर्टहरुमा यसै गीतलाई ‘ओपनिङ सङ’ (प्रारम्भ गीत) का रुपमा प्रस्तुत गरेको थियो ।

गीतको शब्दले भन्छ–

‘ऐनाझ्यालको पुतलीलाई उड्ने बाटो छैन

भूल पार्‍यो उज्यालाले, अँध्याराले होइन’

अर्कोतिर उज्यालो संसार देखिरहेको पुतलीलाई सिसाको झ्यालले रोकिदिँदाको मनोदशा गीतमा प्रस्तुत भएको छ । पञ्चायत कालको प्रारम्भताका यस गीतको रचना गरिएको राष्ट्रकवि घिमिरेले बताउँदै आएका छन् ।

‘राजा महेन्द्रले बोलीमा प्रजातन्त्र भनेता पनि व्यवहारमा छल गर्दै स्वतन्त्रता नदिइरहेको परिस्थितीमा यस गीतको रचना गरेको थिएँ,’ घिमिरेले भनेका छन्, ‘त्यतिबेला यस गीतको राजनीतिक अर्थ छैन भनेर बच्नकै निम्ति दस वर्ष पुरानो रचना हो भन्नुपरेको थियो ।’

यसरी घिमिरेले तयार पारेर संग्रह गरिरहेको गीतलाई नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले संगीतवद्ध पारेका हुन् । केवल गितारको सहारामा अघि बढेको यो गीत धुनहरुबाट भन्दा पनि शब्दको भावलाई नै सम्प्रेषण गर्नेगरि तयार पारिएको छ ।

‘तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा शासनसत्ता हातमा लिएपछि मैले यो गीतलाई संगीतवद्ध पारेको थिएँ,’ गायक गुरुङ भन्छन्, ‘झण्डै चालिस वर्षको अन्तरालमा दोहोरिएको राजनीतिक परिस्थितीलाई उतिबेलाको शब्द र पछिल्लो समयको संगीतले जोड्ने काम गरेको थियो ।’

त्यसको लगत्तै प्रस्तुत भएको नेपथ्यको अल्बम ‘ऐनाझ्याल’को नामाकरण नै यसै गीतबाट गरिएको थियो ।

‘व्याण्डले उतिबेलै कन्सर्टमा ओपनिङ सङका रुपमा प्रस्तुत गर्दाका भिडियो फुटेजहरु हाम्रो संग्रहबाट निकालेर यो भिडियो तयार पारिएको हो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘गीतलाई संगीतवद्ध पार्दाकै चरणमा खिचिएका राष्ट्रकविका तस्बिरहरु पनि यसमा समेटिएको छ ।’

यसरी मुलुकको राजनीतिक घटनाक्रमलाई बिम्बका रुपमा प्रस्तुत गर्ने यो आठ वर्ष पुरानो महत्वपूर्ण गीत पहिलोपटक नेपथ्यको आधिकारिक युट्युब च्यानलमा राखिएको छ ।

यसै शनिबार राजधानीको स्वयम्भूमा नेपथ्यले आफ्नो स्थापनाको रजत वर्ष उत्सवलाई निरन्तरता दिँदै कन्सर्टको आयोजना पनि गर्न लागेको बेला ब्याण्डले त्यसैको पूर्वसन्ध्यामा नेपाल र नेपालीत्वको स्तुतीमा सय वर्ष बिताएका राष्ट्रकविको सम्झनास्वरुप यो गीतलाई प्रस्तुत गरेको हो ।

अमृतलाई तत्काल ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?