सन्दीप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध

सन्दीप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध
+
-

काठमाडौं– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने एनसेलको ‘स्टार हम्बल हिरो’मा आबद्ध भएका छन् । एनसेल प्राईभेट लिमिटेडले शुक्रबार नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छवि उच्च बनाएको भन्दै दुई बर्षका लागि आबद्ध गरेको हो।

‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफुलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मानगर्दै रचनात्मक योगदान पुर्‍याउने उद्देश्य लिई तयार पारेको जनाएको छ।

यो पहल एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो । यो अभियानमा नेपाललाई योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जानेछ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा शुक्रबार एक कार्यक्रममाझ गरेको हो । सन्दीपले बालमन्दिरका बालबालिकाहरुलाई सम्बोधनगर्दै, उनीहरुसँग कुराकानीगर्दै उनीहरुलाई हौस्याएकाथिए । बालबालिकाहरुले केहिबेर सन्दीपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए।

देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदानगर्न एनसेलले सुरु गरेको यो पहल सरहानीय रहेको सन्दीपले बताए । यसले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले नेपाली क्रिकेटका चम्किला तारा सन्दीपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा खुशी व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?