आँखाको नानी प्रत्यारोपण गर्न नबिल फाउण्डेशन र तिलगंगाबीच थप दुई वर्षलाई सम्झौता

आँखाको नानी प्रत्यारोपण गर्न नबिल फाउण्डेशन र तिलगंगाबीच थप दुई वर्षलाई सम्झौता
+
-

काठमाडौं– नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानकाबीच आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको उपचारका लागि थप दुई वर्षका लागि सम्झौता भएको छ।

समझदारी पत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत थप दुई वर्षको लागि सहयोग उपलब्ध गराउने भएको छ ।
गत वर्ष देखि सुरु गरेको आर्थिक सहयोग कार्यक्रमलाई “नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी नाम दिइएको छ।

नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवालले र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा. रीता गुरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दुबै संस्थाका अन्य पदाधिकारीहरु पनि सहभागि थिए।

कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरे । नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरिरहेको र यसमा अझै धेरै कार्य गर्न बाँकी रहेकाले सहयोग गरेकोमा बैंकको पशंसा गरिन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?