नेपथ्यको तालमा जब स्वयम्भू झुम्‍यो…

नेपथ्यको तालमा जब स्वयम्भू झुम्‍यो…
+
-

काठमाडौँ-मान्छेभन्दा अग्ला स्पीकरले निकालेको ड्वाङ्ग ड्वाङ्ग आवाज, आँखै खोल्न नसक्ने चहकिला बत्तीहरु। पैतालाले टेकेको भुइँ थरथरि थर्किएका छन्। स्पीकरको थर्काहटले मुटुदेखि गिदीसम्म हल्लिन्छ। तर, हजारौँको भिडले त्यसलाई आनन्दसँग सुने, झुमे र दङ्ग परे।

‘तिम्रो माया छ कसम खाँदिन, जातै सानो मायामा हुँदैन।’ गितारिष्ट, मादले, पियानो बजाउने र ड्रमिस्टलाई वरिपरी सजाएर बीचमा उभिएका अमृत गुरुङले लयमा यति भन्दा, स्वर निकालेर होइन् कसैले भनेनन्। जिन्सको ज्याकेट, जिन्सकै प्यान्टमा चस्मा लगाएका उनी र कम्मरसम्म पुगेका उनका कपालले दिएको अभिव्यक्तिले उनी सबैका आँखाका तारा बने।

स्वयम्भूको फुटबल ग्राउण्डमा माइकबाट उनले गुनगुनाएको आवाज स्पीकरको सहायता लिँदै स्वयम्भूलाई गुञ्जायो। स्वयम्भू साक्षी बने, हरेक घरको भित्ता छेड्यो र हरेकको कानलाई तरंगित बनायो। शनिबार स्वयम्भू फुटबल चौरमा नेपथ्यले सांगीतिक कसर्ट गर्‍यो, चौरमा हजारौँको पाइला अडिए अनि धेरैको कम्मर मर्कियो।

‘सानोमा सानो कमलको हाँगा, रेशम
 कोपिला बस्यो नङले गोडेर हो, रेशम ’

गुरुङको रेशम जस्तै देखिने कपाल स्टेजमा झुमिरहेका थिए, उनको आवाजमा चौरभित्रका युवायुवती, चौरबाहिर बसेका र स्वयम्भूको प्रवेशद्वारबाट हेर्नेलाई प्रभाव नपार्न सकेन।

साढे ६ बाट सुरु भयो नेपथ्यको कन्सर्ट। सवा ५ बजेदेखि नै मानिस जाने लहर सुरु भएको थियो। गीत प्रस्तुत गरिसकेपछि बिचबिचमा मादलेले मादल बजाउनुको कला प्रस्तुत गर्थे त गिटारिस्टले गितार। मादलुको ‘ढिन्टी पाकुन’ र गितारको झ्याङ्ग झ्याङ्गले एक किसिमको तरंग पैदा गरेको थियो।

हरेक क्षणलाई खेर जान नदिएको नेपथ्यका अमृतले बिचबिचमा सामाजिक सन्देश पनि बाडिँरहेका थिए। गुरुङ्गले सुरक्षा प्रशासनलाई ‘चेलिबेटीले स्वतन्त्रतापूर्वक जतिबेला पनि हिँड्न पाउनुपर्छ ह..अ..इ’ भनेँ, उनको सबैले लयमा लय मिलाए। ‘दिदीबहिनीमाथि कुभलो गर्नेलाई कारवाही गर्नुपर्छ ह..अ..इ!’

गुरुङले यस्ता धेरै हैसँगै सांगीतिक कोशेली पस्किरहे, उनै आफै स्टेजमा फन्का लगाउँथे, कम्मर भाँच्थे र खुसी बाँड्थे। उनीसँगै रमाउन त्यहाँ पुगेका हुलले मौसमलाई रंगिन बनायो। काँधमा चढेर होस्, अथवा चौरमा हल्लिएर स-नासाना नानीहरु उत्साहित  थिए।

युवाको जोश बेग्लै, बल्ल घाँटी छुन लागेको कपाललाई रबरबाट स्वतन्त्र बनाएर हल्लाइरहेका थिए। अरुबेला लाग्ने सरम त्यहाँ थिएन भन्ने कुरा संगीतमा झुम्दै कम्मर मर्काउँदै, मुस्कान छोड्दै नाचेका युवतीको अभिव्यक्तिले दर्शायो।

उमेरले चञ्चलेपन देखाउन रोक लगाएका उमेर समूहले पनि त्यही भिडमा मिसिएर मनका रहर छताछुल्ल पोखे, गुरुङ्गसँगै गुनगुनाए, उनकै तालमा नाँचे। पाँच बज्नु अगाडि उनीहरुको जे जे पहिचान थियो, त्यो सबै बिर्सिएर। त्यहाँ उनीहरु मात्र संगितप्यासी थिए, उनीहरु प्रेमी भएर आनन्दित भइरहेका थिए।

स्वतन्त्र, निस्फिक्री भएर स्वयम्भू रमाइरहेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?