निर्मला हत्याकाण्डको छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार

निर्मला हत्याकाण्डको छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार
+
-

काठमाडौँ -निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा धनगढीमा ढुंगा प्रहार भएको छ ।

अज्ञात व्यक्तिको ढुंगा प्रहारबाट उनी चढेको बा २१ ज ९७०३ नम्बरको गाडीको पछाडिपट्टीको सिसा फुटेको छ । केसी काठमाडौँबाट आजै धनगढी फर्केका हुन् ।

‘धनगढी विमानस्थलबाट गाडी चढेर निस्कदै थिए, अलि अगाडि पुगेपछि एक्कासी ढुंगा प्रहार भयो, म चढेको गाडीको पछाडिको सिसा फुटेको छ, मेरो टाउकोमा सामान्य चोट लागेको छ । ‘ केसीले देश सञ्चारसँग भने ।

गाडीमा केसी सहित एक जना कानुन अधिकृत र चालक थिए । कैलालीका एसपी बिनोद घिमिरेले पनि केसी चढेको गाडीमा ढुंगा प्रहार भएको र उक्त घटनामा संलग्न रहेको आशंकामा पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनले राजधानी विवादले धनगढी बन्द घोषणा गरिएको र बन्दकर्ताहरुले नै सरकारी गाडीमा ढुंगा प्रहार गरेको हुनसक्ने बताए ।

यसअघि केसीले पत्रकार सम्मेलन गरेर निर्मला पन्त हत्या घटनाको छानबिन गर्ने क्रममा आफ्नो हत्या हुन सक्ने भन्दै जीवनरक्षाको माग गरेका थिए ।

उनले छानबिन समितिबाट राजीनामा दिएको घोषणा पनि गरेका थिए । त्यसको केहीदिनपछि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर केसीले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए ।

उक्त समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । तर प्रतिवेदन सार्वजनिक भएको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?