अन्तर्वार्ता

‘हाम्रा विद्यार्थी विदेशका प्रसिद्ध विश्‍वविद्यालयमा मास्टर्स र पीएचडी गरिरहेका छन्’

‘हाम्रा विद्यार्थी विदेशका प्रसिद्ध विश्‍वविद्यालयमा मास्टर्स र पीएचडी गरिरहेका छन्’
+
-

काठमाडौं– कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (केईसी) त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिई बिईसिभिल, बिईकम्प्युटर, बिईइलेक्ट्रीकल, बीआर्क, बीईइलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन इन्जिनियरिङ अध्यापन हुँदैं आएको छ ।

इन्जिनियरिङ शिक्षामा नीजि क्षेत्रका कलेजहरु तर्फ अग्रणी मानिने केईसीका प्रोडक्टहरु अब्बल मानिन्छन् । राम्रो शैक्षिक वातावरण, सुविधा सम्पन्न हाइटेकल्याबसहित प्रतिष्ठित फ्याकल्टीहरुलाई पनि केईसीको विशेष पक्ष रहेकाे दाबी छ।

साढे १७ रोपनी क्षेत्रफलमा फैलिएको केईसीले हाल ३० रोपनी जग्गामा होस्टेलसहितको कलेज बनाउनका लागि थप जग्गा खरिद गरिसकेको छ । शैक्षिक वातावरण, अब्बल फ्याकल्टी, सुविधा सम्पन्न ल्याब, व्‍यवस्थापन टिम रहेको केईसीका सल्लाहकार प्रोफेसर. डा. दिनेशकुमार शर्मासँग गरिएको कुराकानी :

खासमा यो केईसीमा कुन कुन विषयमा अध्‍ययन अध्‍यापन हुन्छ ? बताइदिनुस् न।

हामीले बीईसिभिल, बिईकम्प्युटर, बिईइलेक्ट्रीकल, बीआर्क, बीईइलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ चलाइरहेका छौं। त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले यस शैक्षिक सत्रदेखि आफ्नो एउटा कार्यक्रमलाई परिमार्जित गरेको हो, यो सबै क्याम्पसमा लागु भएको छ। पहिले रहेको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ भन्ने थियो त्यो कार्यक्रम परिमार्जन गरेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन बनाइएको छ।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा इन्फर्मेशन थपेर परिमार्जित गरिएपछि त्यसमा नवीन कुराहरु केछन ?

इलेक्ट्रोनिक्स र कम्युनिकेसनका कुराहरु यथावत छन्। कम महत्वपूर्ण कोर्सहरु झिकेर इन्फर्मेशन इन्जिनियरिङका नवीनतम कुराहरु राखेका छौं। अहिलेको जमाना भनेकै इन्फर्मेशनको जमाना हो, सूचनालाई कसरी कम्प्युटरको माध्यमबाट मानिसको हितका लागि कसरीउपयोग गर्ने भन्ने बारे कोर्समा थपेका छौं।

अन्य सबै फ्याकल्टीहरुमा भर्नासिट पूराभइसकेको अवस्थामा पनि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स फ्याकल्टीमा विद्यार्थीहरुको कोटा पूरा हुन नसक्नुको कारण के हो ?

गत केही वर्षदेखि नै इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसमा विद्यार्थी कम भइरहेका थिए। त्यसलाई परिमार्जित गरेर समयसापेक्ष झन प्रभावकारी बनाइएको हो। संसारमा जेडिमान्ड छ, अहिले सूचना प्रविधीको जमाना छ, त्यस कारण सूचनासम्बन्धि अध्ययन पनि गराउनु पर्छ भनेर त्यसलाई परिमार्जन गरिएकोहो।

नेपालमा इन्जिनियरिङका कुन-कुन विधामा बढी आकर्षण छ ?

अहिले नेपालको परिप्रेक्ष्यमा इन्जिनियरिङ विषय मध्येमा सिभिलमा विद्यार्थीहरुको चाप छ। त्यसपछि कम्प्युटर, बीआर्कमा आकर्षण राम्रो छ। अरुमा विगत वर्षहरुदेखिनै विद्यार्थीहरु क्म भइरहेका छन्।

त्रिभुवन विश्व विद्यालयका इन्जिनियरिङका उत्पादनहरुको गुणस्तर कस्तो छ ?

त्रिभुवन विश्व विद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुको राम्रो ख्याति छ। त्रिभुवन विश्व विद्यालयका आफ्नै चार वटा कलेजहरु छन् । सम्बन्धन प्राप्त नीजि क्षेत्रका ६ वटा जति कलेजहरु छन्। यी सबै इन्जिनियरिङ कलेजहरुका उत्पादनको गुणस्तर एकदमै छन्। हाम्रो उत्पादन पनि स्वभाविक रुपमा राम्रा हुने भइहाले।

विदेशका कुनै शैक्षिक संस्थाहरुसँग पनि सहकार्य गरिरहनु भएको छकि ?

काठमाडौं इन्जिनियरिङ कलेजको विदेशका धेरै कलेजहरुसँग पनि एमयु गरेको छ । केईसीबाट पास आउट भएका हाम्रा विद्यार्थीहरुले विदेशका राम्रा र ख्याति प्राप्त विश्व विद्यालयमा माष्टर्स र पीएचडी गरिरहेका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?