
धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको भन्दै धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता गरिएको छ।
केही वेर अघि बसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो।
नेपालीका महान चाड दशै तिहार नजिकै आईरहेकोले आम हडताल फिर्ता गरिएको हो। तर, उनीहरुले आन्दोलन जारी रहेन रस्वरुप परिवर्तन गरिने बताएका छन्।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी सारिएको विरोधमा धनगढीमा गरिएको आन्दोलन उग्र बन्दै गएको थियो।
प्रदर्शनकारीहरु जवरजस्ती बजार बन्द गराउने, खुल्ला रहेका पसलमा ढुङगा हान्ने, गाली गर्ने, अटो रिक्साका चापी थुत्ने, हावा फस्काईदिने लगायतका उच्छृङलख गतिविधिमा गर्दै आएका थिए।
आइतवार मात्रै उनीहरुले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए।