
काठमाडौँ – सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा आकर्षक योजना प्रस्तुत गरेको छ । दसैँ २०७५ को अवसरमा ग्राहकहरुले सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ‘बडा दसैँंको बडा बचत’ नाम दिइएको योजना ग्राहकहरुका लागि आफैमा एक उपहार पनि हो ।
ग्राहकहरुले यो योजना अवधिभर सामसङका LED, SMART LED, UHD तथा QLED टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्तगर्न सक्नेछन् ।
त्यसै गरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशतसम्मको छुट एवं वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजनाअवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ्ग मेसिनको खरिद गर्नुहुने ग्राहकहरुले उपहार स्वरुप एक थान एयर प्युरिफायर प्राप्त गर्नेछन् ।
यस योजनालाई अझ बढी आकर्षक बनाउन टिभि, रेफ्रिजेरेटर, वासिङ्गमेसिन, माइक्रोवेभ ओभन, भ्याक्युमक्लिनर, एयर कन्डिसनर तथा एयर प्युरिफायर खरिद गर्नुहुने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिने छ ।
‘बडा दसैँंको बडा बचत’ योजना यही असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म लागू हुने छ । लक्की ड्रको घोषणा योजना समाप्त भएको मिति पछि सामसङको आधिकारिक फेसबुक लाइभ मार्फत गरिने छ ।
दसैँको उत्सवको क्रममा आफ्नो घरमा केही नयाँ कुरा जोड्ने इच्छालाई, सामसङको यो समसामयिक ग्राहकमुखी योजनाले, पूरा गर्न सहयोगी हुनेछ ।
‘बडा दसैँको बडा बचत’ योजना सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारका मातहत नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेता मार्फत् लागू गरिएको छ ।