सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

नेपालमा ज्येष्ठ नागरिकको मानव अधिकार र मानसिक स्वास्थ्य

नेपालमा ज्येष्ठ नागरिकको मानव अधिकार र मानसिक स्वास्थ्य
+
-

नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ बमोजिम ६० वर्ष उमेर पूरा गरेकालाई ज्येष्ठ नागरिकका रूपमा परिभाषा गरेको छ । विकासात्मक मनोविज्ञानले वर्गिकरण गरे अनुसार ६० वर्ष वा त्यो भन्दा बढी उमेर समुहका व्यक्तिहरुलाई जेष्ठ नागरिकको श्रेणीमा राखिन्छ ।

यस उमेरमा व्यक्तिहरुको विभिन्न विषेशताहरुमा ह्रास हुन्छ । यस उमेरमा व्यक्तिहरुको मानसिक क्षमतामा जस्तै सिकाई, तर्क गर्ने, रचनात्मकता, स्मृति, पुनः स्मरण, आनन्दमय स्वभाव, शब्दभण्डारमा कमी आउन थाल्छ ।

डा. नरेन्द्रसिंह ठगुन्ना

आगो ताप्नु मुडाको कुरा सन्नु बुढाको भन्ने हाम्रो गाउघँरमा प्रचिलित उखानले ज्येष्ठ नागरिकलाई जिउँदो इतिहास र पुस्तकालयको रूपमा समेतलिन सकिन्छ भन्ने दर्शाएको छ ।

हाम्रो समाजमा कम उमेर भएकाहरूले आफूभन्दा जेठा व्यक्तिलाई श्रद्धाको रूपमा र्हेने र सोहीअनरूप व्यवहार एव समंबोधन गर्ने चलन रहदँआएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा विश्वमा करिब ९२८ मिलियन जनसंख्या जेष्ठ नागरिकको श्रेणीमा पर्दछ । यो संख्या २०२५ सम्ममा बढेर १.२ बिलियन हुनसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । चीनमा २०५० सम्ममा ३३० मिलियन जनसंख्या जेष्ठ नागरिकको हुने अनुमान गरिएको छ जुन हाल ११० मिलियन रहेको छ ।

भारतमा २०५० सम्ममा २२७ मिलियन जनसंख्या जेष्ठ नागरिकको हुने अनुमान गरिएको छ जुन हाल ६० मिलियन रहेको छ । नेपालको सन् २०११ को जनगणना अनुसार जेष्ठ नागरिकको जनसंख्या करिब १.२ मिलियन रहेको छ । जुन नेपालको जनसंख्याको करिब ७ देखि ९ प्रतिशत हुन्छ ।

जसमध्ये ६२ प्रतिशत जेष्ठ नागरिकको संख्या विकासोन्मुख देशहरुमा रहेको तथ्यांक छ । यो संख्या सन २०५० सम्ममा ८० प्रतिशत पुग्ने अनुमान गरिएको छ । विकासोन्मुख देशहरुमा रहेको ८० प्रतिशत जेष्ठ नागरिकको कुनैपनि नियमित आयश्रोत नभएको तथ्यांक छ । निम्न र कम आयश्रोत भएका देशहरुमा प्रत्येक ४ जनामा १ जनाले मात्र नियमित पेन्शन पाउने गर्दछन् । २६ मिलियन जेष्ठ नागरिकहरु प्रत्येक वर्ष प्राकृतिक प्रकोपको शिकार हुने गर्दछन् ।

नेपालको जनगणना २०६८ का अनुसार ६० वर्ष र सोमाथिका २१ लाख ५४ हजार ४१० जनसंख्या छ भने १०० वर्ष र सोमाथिका ३ हजार ५६६ नागरिक छन् । नेपालको जनसंख्या वृद्धिदर भने १ दशमलव १८ प्रतिशत मात्र छ । नेपालीको औसत आयु ६६ दशमलव २ वर्ष (पुरुष ६४.९ र महिला ६७.४ वर्ष) रहेको छ । ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था नेपालको संविधानको धारा ४१ मा उल्लेख छ ।

नेपालले सन् १९९९ मा नेपालका १६ जिल्लाका ३९८ ज्येष्ठ नागरिक (पुरुष १८१ र महिला २१७) सहभागी भएको अध्ययनअनुसार उनीहरूको मूल समस्या भनेको स्वास्थ्य र जीविकोपार्जन देखिएको थियो ।

अमेरिकन साइकोलोजिकल एशोसियसनका अनुसार प्रत्येक वर्ष ४० लाख अमेरिकन जेष्ठ नागरिकहरु शारिरीक, मनोबैज्ञानिक र कुनै न कुनै प्रकारको दुव्र्यवहारको शिकार हुने गरेको पाईन्छ।

सम्पूर्ण जेष्ठ नागरिकको संख्या मध्ये करिब ९५ प्रतिशत व्यक्तिहरु वृद्धाश्रम नवसि आफ्नै घरमा बस्ने गर्दछन् । घरमा बस्दै गरेका ६० वर्ष उमेर पुगेका मध्ये प्रत्येक १० जनामा १ जना जेष्ठ नागरिकले दुव्र्यवहार, बेवास्ता र शोषणको शिकार हुने गरेको तथ्यांकले देखाउँछ । उनीहरु प्रति गरिने दुर्व्यवहारका अनुमानित करिब २३ वटा घटना मध्ये १ मात्र दुव्र्यहारको घटनाको रिपोट हुने गरेको तथ्यांकले देखाउँछ ।

जेष्ठ नागरिकमा मानसिक स्वास्थ्य सम्बन्धी तथ्यांक


अपांगता भएका जेष्ठ नागरिकको जनसंख्याको ६.६ प्रतिशतमा न्युरोसाईकाटिक समस्या भएको तथ्यांकले देखाउदछ । जेष्ठ नागरिकको जनसंख्याको करिव १५ प्रतिशतमा मानसिक समस्या भएको तथ्याकले देखाउदछ ।

जोर्डन र लेबनानमा ‘हेल्प एज इन्टरनेसनल’ नामक संस्थाले गरेको एक अनुसन्धानमा त्यहाँका ६५ प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकहरू मनोवैज्ञानिक समस्याबाट प्रभावित भएको पाइयो । मनोवैज्ञानिक समस्या भएको व्यक्तिमा डिप्रेसन जस्ता मानसिक समस्याहरु हुने बढी सम्भावना रहेको हुन्छ । ज्येष्ठ नागरिकमा देखापर्ने प्रमुख मानसिक समस्याहरुमा डिमेनसिया, अल्जाइमर, डिप्रेसन आदी पदर्छन ।

सामान्यतया ज्येष्ठ नागरिकमा देखापर्नेे मानसिक समस्याहरुका लक्षणहरू यस प्रकारका छन् :

उदास भइरहनु, कुनै पनि काम गर्न इच्छा नलाग्नु, निद्रामा गडबडी हुनु, खानामा रुचि कम हुँदै जानु, एकाग्रतामा कमि हुनु, बाहिरी वातावरणमा समायोजन हुन नसक्नु, आत्महत्याको सोचाइ आउनु (बढी मात्रामा पुरुष ज्येष्ठ नागरिकहरूमा) हालसम्म नेपालमा कति ज्येष्ठ नागरिकहरू मानसिक समस्याबाट पिडित छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क उपलब्ध छैन ।

ज्येष्ठ नागरिकमा मानसिक समस्याहरुका कारण


शारीरिक परिवर्तनः उमेर बढ्दै जाँदा शरीरमा विभिन्न खाले परिवर्तनहरू हुँदै जान्छन् । शरिरका अंगहरु कमजोर हुदै जान्छ । आफू कमजोर छु, अब केही गर्न सक्दिनँ भन्ने हीनता बोध हुन थाल्छ । यस प्रकारको चिन्ता धेरै मात्रामा बढिरहँदा र मनमा हीनता बोध भइरहँदा प्रायःज्येष्ठ नागरिकहरूमा मानसिक समस्याहरु हुन सक्दछ ।

परिवारका सदस्यहरुले पर्याप्त समय दिन नसक्ने हुँदा उनीहरुमा एक्लोपन महशुष हुने गर्छ । एक्लै घरमा बस्दा मनमा नकरात्मक कुरा खेल्ने हुने भएकोले बिभिन्न खालको मानसिक समस्याहरु उत्पन्न हुन सक्ने सम्भावना बढ्दछ । अवकासपछिको समयलाई सदुपयोग गर्न उपयुक्त कुनै योजना नहुनुले जेष्ठ नागरीकहरुमा अन्योलता सृजना हुन थाल्छ । अबको खाली समयमा के गर्ने भन्ने कुराको अन्योलहरू सताउन थाल्छन् ।

त्यस्तो अन्योलको मात्रा धेरै बढ्दै जाँदा व्यक्तिमा विभिन्न खाले मानसिक समस्या उत्पन्न हुन सक्छ । नेपालमा जेष्ठ नागरीकले जीम्मेवारीका कामहरु गर्न सक्छन् भन्ने उत्प्रेरणा नभएकोले उनीहरुमा नैराश्यताको भाव आउने गर्छन । उनीहरुलाई आफू छिट्टै प्रौढ भएको महशुष गर्छन । यसले पनि उनीहरुमा बिभिन्न खालका मानसिक समस्याहरु उत्पन्न हुन सक्छ । ज्येष्ठ नागरिकहरूमा अनाबश्यक रुपमा चिन्ता लिने बानी हुन्छ । परिवारका सदस्यहरुको बारेमा सानो सानो कुराहरुमा धेरै चिन्ता लिनुले उनीहरुमा तनाव हुने गदर्छ । यस्ता बानी पुरुषको तुलनामा महिला ज्येष्ठ नागरिकहरू बढी मात्रामा हुन्छन् ।

विशेषगरी उनीहरुलाई आफ्नो प्रौढ अबस्थामा परिवारका सदस्यहरुले हेरचाह गर्लान नि नर्गलान भन्ने चिन्ता धेरै जसोमा पाइन्छ । यसले उनीहरुमा बिभिन्न खालका मानसिक समस्याहरु उत्पन्न गर्न सघाउ पुर्याउँदछ । घरपरिवारका केही सदस्यहरू वा पुर्खाहरूमा मानसिक समस्याहरु छन् वा थियो भने त्यो अन्य सदस्यहरूलाई पनि हुने सम्भावना बढी हुन्छ । बदलिदो शारीरिक र मानसिक अवस्थालाई घरपरिवार, समाजले व्यवहार नगरेको र पिँढीदर पिँढी (जेनेरेशन ग्याप)मा आएको परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा र उनीहरुका श्रीमान वा श्रीमती गुमाउँदा आफ्ना कुरा सुन्ने एक्लो सहारा पनि गुम्ने कारणले उनीहरुमा नैराश्यताका लक्षणहरु देखा पदर्छ । यसरी निराश हुँदै जाँदा धेरै जसोले आत्महत्या गर्ने गरेको पाइन्छ ।

प्रत्येक वर्ष अक्टुवर, १ का दिन “अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस” मनाईदै आएको छ । यस वर्षको दिवसको नारा, “ज्येष्ठ नागरिक को मानव अधिकार क्याम्पेन मनाउँदै” भन्ने रहेको छ । मानव अधिकार को सार्वभौम घोषणा (यूडीएचआर)को ७० वर्षको उपलक्ष्यमा यस वर्षको नारा केन्द्रत छ । जसले मातृ देवो भव र पितृ देवो भव को मूल मन्त्रलाई सबैले आत्मसात् गरौ र सेवा भावमा लागौँ भन्ने सन्देश दिन्छ । घोषणामा संलग्न अधिकारहरूलाई प्रचार गर्नुहोस् र ज्येष्ठ नागरिक हरूको दैनिक जीवनमा यसको के महत्व छ जानकारी दिने ।

समाजको विभिन्न क्रियाकलापमा ज्येष्ठ नागरिक हरुको सहभागिता बढाउनुहोस् र जीवनका थुप्रै क्षेत्रमा मानव अधिकारको आनन्द लिने र सुधार गर्ने प्रतिबद्धता गर्ने । ज्येष्ठ नागरिकहरु द्वारा मानव अधिकार र मौलिक स्वतन्त्रता को पूर्ण र समान आनन्द सुनिश्चित गर्नको लागि प्रगति र चुनौतिहरु को प्रतिबिम्बित गर्नुहोस । संसारभरिका सम्पूर्ण व्यतिहरू संलग्न गर्नुहोस र जीवनका सबै चरणहरूमा मानव अधिकारको उपयोगको लागि मानिसहरूलाई उत्प्रेरित गर्नुहोस भन्ने रहेको छ । आज विश्वभरि नै ज्येष्ठ नागरिक संग सरोकार रहेका संस्था तथा व्यक्तिहरूको सहभागितामा विभिन्न जनचेतना मुलक कार्यक्रमका साथ मनाईदै छ ।

रोकथाम :

ज्येष्ठ नागरिकहरूमा मानसिक समस्याहरु आउन नदिन घरपरिवारका सदस्यहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ । घरका ज्येष्ठ नागरिकहरूसँग बस्दा खुलेर कुराकानी गर्नु पर्छ । घरमा भएका नयाँ किसिमको प्रविधि र साधनसँग उनीहरूलाई परिचित गराइदिनु पर्छ ।
उनीहरूका मनोभावना बुझेर उनीहरूलाई मन लागेको काम गर्न दिनु पर्छ । यसो गर्दा ज्येष्ठ नागरिकहरूमा मानसिक समस्या हुने सम्भावना कम हुन्छ ।

मानसिक समस्यालाई उपचारको लागि मनोवैज्ञाकि चिकित्सा पद्धति तथा औषधि सेवनद्वारा यस रोगको उपचार गरिन्छ । नेपालमा अहिले केही अस्पताल र क्लिनिकहरूमा यसको उपचार सेवा उपलब्ध हुन थालेका छन् ।

सामान्य प्रकारको मानसिक समस्याको उपचार गर्न मानसिक स्वास्थको तालिम लिएका ब्यक्तिहरु जस्तै परामर्शदाता, मनोविदले परामर्शद्धारा बिना औषधि निको बनाउन सकिन्छ ।

(डा. ठगुन्नाले मनोविज्ञानमा विद्यावारिधि गरेका छन्। उनी मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष हुन् भने त्रिचन्द्र कलेज घन्टाघर, काठमाडौँमा एम ए मनोविज्ञान कार्यक्रममा अध्यापन गर्छन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?