विनोद शाहीको भोकलाई प्रितीको एक लाख

विनोद शाहीको भोकलाई प्रितीको एक लाख
+
-

काठमाडौँ – भोक सबैमा हुन्छ, जसले भोकलाई समयमै मेटाउन आफ्नो भुमिका खेल्न सक्छ ऊ नै सफल र समाजमा एउटा अलग पहिचान बन्न सक्दछ । केही गर्ने भोक भए मात्र मानिस आफ्नो लक्ष्यलाई पछ्याउदछ र उसले त्यो भोक मेटाउन दृढ भएर काम गर्दछ । सबैमा विभिन्न किसिमका भोकहरु हुन्छन र हुन जरुरी पछि छ्,भोक विना मानव जीवन असम्भव नै छ ।

एशियन थाई फुड्स् अन्तर्गतको प्रिती नूडल्डले सामाजिक उत्थान एवं निःश्वार्थ भावनाले युक्त भोकलाई विगतका वर्षदेखि सम्मान गर्दै आएको छ । यसै सिलसिलामा प्रिती नूडल्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत “भोक जरुरी छ” अभियानका सिलसिलामा दुर्गम क्षेत्रलाई शिक्षित र सचेत बनाउने भोकभएका हिमयाकका संस्थापक विनोद शाहीको भोक उत्कृष्ट भएको हुँदा उनलालाई सम्मान स्वरुप रु एक लाख एक हजार नगद प्रदान गरेको छ ।

यसका अतिरिक्त उनले स्थापना गरेको विद्यालय एवं डोल्पाका अन्य विद्यालयहरुका लागि टेवल तथा अन्य शैक्षिक सामग्रीहरु पनि प्रितीले प्रदान गरेको छ ।

संस्थापक हिमयाकका विनोद शाहीमा दुर्गम क्षेत्रमा शिक्षा र जनचेतना फैलाउने भोक छ । विगत १४ वर्षदेखि निरन्तर डोल्पा जस्तो हिमाली जिल्लामा केन्द्रित भई सञ्चालित उनको संस्था हिमयाकले २ वटा पूर्ण रुपमा बन्द भएका स्कुलहरुको पुनः सञ्चालन, १३ गाउँका ८४५ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, ७ विद्यालयमा १६ स्वयंसेवक शिक्षकहरुको परिचालन, ५२५ बालबालिकाहरुलाई गुणस्तरी शिक्षा एवं ८० भन्दा बढी विपन्न विद्यार्थीहरुलाई उच्चशिक्षा प्रदान, गर्दै आएको छ ।

“छैन, हुदैन, सक्दैन” जस्ता निराशा र नकारात्मकता फैलिरहेको अवस्थामा “छ, हुन्छ र सक्छ “ फैलाउने भोक दोषारोपण र परनिर्भरता मात्र ब्याप्त भएको अवस्थामा आफै गर्नुपर्छ, हामी सक्षम छौं भन्दै सबैलाई स्वाभिमान र जिम्मेवार बनाउने भोक, उपेक्षित र अपहेलितदुर्गम क्षेत्रलाई शिक्षित र सचेत बनाउने भोक, यिनै भोकले उनलाई साधारण मान्छेबाट हिरो बनाइदियो । उनका यस्तै अतुलनीय कार्यहरुले गर्दा उनलाई सर अफ द हिमालयाज भन्ने उपाधि पनि मिलेको छ ।

उनको यस्तो शाश्वत एमव् महान् कार्यको सम्मान गर्ने क्रममा एशियन थार्इ फुड्स प्रा.लिका महाप्रवन्ध निर्देंशक महेश कुमार जाजुले उनलाई रु १ लाख १ हजारको चेक हस्तान्तरण गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?