
धनगढी -कैलालीको गोदावरी नगरपालिका, ९ बल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १० जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो धनगढीबाट टीकापुर जादै गरेको से १ ख १०२५ नम्बरको बस दुर्घटना हुँदा गौरीगंगा नगरपालिका ४ कि इश्वरी बिनाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरी वलीले बताए ।
घाइतेहरुको अत्तरीयाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।