
काठमाडौं -सामसङ इलेक्ट्रोनिक्स नेपालले आउदै गरेको दशैको अवसरमा तोकिएका सामसङ स्मार्ट फोनको खरिदमा ग्राहकहरुलाई आकर्षक क्यास व्याकअफर ल्याएको छ ।
“सामसङको दशैं अफर” योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो । यो लगातार ४ हप्तासम्म चल्नेछ ।
यो योजनामा स्मार्ट फोन खरिदगर्नेे ग्राहकहरु मध्येबाट हरेक हप्ता २ जना विजेताले सिंगापुर गई स्टार क्रुजमा जलयात्रा गर्न पाउने छन् ।
दशैंको अवसरमा सामसङको नयाँ उत्पादन खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी यो योजना ल्याएको सामसङ नेपालले जनाएको छ । यो योजनाबाट ग्राहकहरु उत्साहित हुने सामसङको विश्वास छ ।
यो याजनाअसोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुने छ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८, १५, २२ र २९ गते सामसङको आधिकारिक पेज मार्फत् गरिने सामसङले बताएको छ ।