‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु

‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु
+
-

काठमाडौँ -यामाहाले आफ्ना ग्राहकहरुका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु गरेको छ ।

यो अभियान नेपालभर यामाहाका सोरुमहरुमा असोज १४ देखि १९ गतेसम्म संचालन हुने कम्पनिले बताएको छ । अभियानमा यामाहाका ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा राम्रो मूल्यांकन गरिने बताएको छ ।

‘अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा उत्तम समय हो,’ एमएडब्लु इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सीइओ चिरञ्जीवी शाहले भने । ‘यो अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकलको सबैभन्दा उच्चतम मूल्यांकन पाउने उनले दाबी गरे ।

जुनसुकै कम्पनीका जस्तोसुकै अवस्थाका मोटरसाइकलको कम्तीमा ३० हजार रुपैयाँ मूल्यांकन पाउने उनले बताए । साथै यामाहाले दसै र तिहारलाई लक्षित गरी ‘विजय यात्रा’ योजना ल्याएको थियो जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

कम्पनीका अनुसार हरेक हप्ता हुने लकी ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर ३ जित्न सक्नेछन् । लक्की ड्रको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार बेलुका ७ बजेर ५५ मिनेटमा प्रत्यक्ष प्रसारण हुनेछ ।

देसैको अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्र्राइस गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?