भारतीय सर्वोच्च अदालतको नयाँ मुख्य न्यायाधीशमा रञ्जन गोगोई

भारतीय सर्वोच्च अदालतको नयाँ मुख्य न्यायाधीशमा रञ्जन गोगोई
+
-

न्यायाधीश रञ्जन गोगोई भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश बनेका छन् बुधबारदेखि । सर्वोच्च अदालतको मुख्य न्यायाधीशको रुपमा दीपक मिश्राको कार्यकाल मंगलबारदेखि समाप्त भएपछि बुधबारदेखि गोगाई मुख्य न्यायाधीश बनेका हुन् ।

कार्यकाल समाप्त भएका न्यायाधीश मिश्राको मुख्य न्यायाधीश अवधि निकै उतार चढाव पूर्ण रह्यो । उनी विरुद्ध महाअभियोग लगाउने प्रयास पनि भएको थियो । केही न्यायाधीशले उनको विरोध पनि गरेका थिए ।

तर मिश्राको अध्यक्षतामा रहेका पाँच न्यायाधीशसहितको संवैधानिक इजलासले केही ऐतिहासिक फैसला गरेको छ । यसमा सबैभन्दा अघि आउँछ, केही समय अघि संमलैंगिकतालाई अपराधको सूचिबाट हटाउने फैसला ।

समलैंगिकतालाई अपराधको सूचिमा राखेको धारा ३७७ को व्यवस्थालाई खारेज गर्दै मिश्राको बेन्चले ऐतिहासिक फैसला गरेको हो । यस्तै उनीसहितको बेन्चले धारा ४९७ लाई पनि संविधान विरुद्ध रहेको फैसला गरेको थियो ।

भारतीय अपराध संहिताको धारा ४९७ अनुसार महिलाको शरीरमा उनीहरुकै हक नहुने व्यवस्था रहेको भन्दै त्यसलाई खारेज गरिएको हो ।

यस्तै केरलको सबरीमला मन्दिरमा १० देखि ५० वर्षका महिलामाथि प्रवेशमा लगाइएको रोकलाई पनि मिश्रासहितको बेन्चले अवैध घोषणा गरेको थियो ।

यस्तै सरकारी जागिरमा सूचिकृत जाती तथा जनजातीका कर्मचारीलाई बढुवाका लागि आरक्षणको व्यवस्था कायम गर्न सक्ने तर यसका लागि राज्य सरकारमा अधिकार निहित रहेको फैसला पनि मिश्राकै कार्यकालमा भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?