सिन्धुलीमा जेसीबीको आउटलेट

सिन्धुलीमा जेसीबीको आउटलेट
+
-

काठमाडौं – नेपालका लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा ‘अथोराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन्। नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र विशेष अतिथि नेपाली कांग्रेसका नेता मादिक ढकालले संयुक्त रुपमा गरेका थिए।

सिन्धुली र आसपासका जिल्लामा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभतामा ध्यानमा राखेर जेसीबीले आधिकारिक आउटलेट सुरु गरिएको एआरओकी प्रबन्ध निर्देशक सुनिता गजुरेलले बताइन्।

योसँगै जेसीबीले नेपालका १० वटा स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ। गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र सञ्चालन भइसकेका छन्।

जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामीण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ।

नेपालको नम्बर–१ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन्। इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन्।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ। जेसीबीले बिक्रीलाई भन्दापनि बिक्रीपछिको सेवालाई जोड दिने गजुरेलले बताएकी छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?