
काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड वीन’ अफर अन्तरगत चौँथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।
प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एण्ड वीन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो। भदौं १७ गतेबाट शुरु भएको यस अफर अन्तरगत चौँथो हप्ताका विजेताहरु मंगलबार (असोज १६ गते) एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाइभ ड्र कार्यक्रम मार्फत छानिएका हुन्।
चौँथो हप्ताका भाग्यशाली पाँच विजेता ग्राहकहरुले बिहीबार जनही नगद एक लाख पुरस्कार ग्रहण गरेका छन्। तेस्रो हप्ताका एक सहित गरी यस हप्ताका घोषित कुल ११ जना विजेताहरु मध्ये ६ जनाको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको छ।
एनसेलका मानव संशाधन निर्देशक युवराज श्रीवास्तवले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सुमित्रा डाँगी (सल्यान), राकेश साह (सर्लाही), शिव खत्री (झापा), दिनेश गमाल (मकवानपुर) र सुरजकुमार बरुवाल (मकवापुर)लाई जनही रु एक लाखको नगद पुरस्कार हस्तान्तरण गरेका हुन्।
यसै हप्ता एनसेलले पहिलो हप्ताको नगद पुरस्कार लिन बाँकी दुई विजेता रुकुमकी एलिना बुढा मगरलाई एनसेल सेन्टर दाङ्गबाट र कुश्माकी सीता देवी सुनुवारलाई एनसेल सेन्टर पोखराबाट नगद पुरस्कार हस्तान्तरण गरेको थियो।
रिचार्ज एण्ड वीन अफरमा साताभर १ सय वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन्। यस अन्तरगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही एक लाख रुपैयाँ नगद पुरस्कार पाउँछन्।