
मोरङ-प्रदेश नम्बर एकको राजधानी र नामांकनको विषय नेकपा संसदीय दलको बैठक गर्मी रहेको समय प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रारम्भिक छलफलका लागि समय निकालेको छ।
विराटनगरमा बिहीबार कांग्रेस संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले साझा धारणा सहित अघि बढ्नु पर्नेमा जोड दिएका छन्। प्रदेश एकमा ९३ जना सांसदमध्ये कांग्रेसको पक्षमा २१ जना रहेका छन्। जसको तुलनामा सदनमा नेकपाको बहुमत स्पस्ट रहेको छ। राजधानी र प्रदेश नामाङकनको सन्र्दभमा सहमति नजुटे संवैधानिक प्रावधान अनुसार,अघि बढ्नुपर्नेछ।
प्रदेश एकको सन्दर्भमा पनि विभिन्न नाम चर्चामा छन्।सगरमाथा, विराट, कोशी, सप्तकोशी, किरात आदि। त्यसैगरी, राजधानीको विषयमा पनि विराटनगरसंगै पछिल्लोसमय इटहरी, धनकुटाको नाम अघि आएको छ। यसका लागि सत्तापक्ष नै बढी जिम्मेवार देखिएको छ। सत्ता पक्षधर विभिन्न कार्यक्रममा राजधानीको विषयमा संभावित भन्दै नाम लिदै आएकाछन्।
प्रदेशको नामको सन्दर्भमा सत्तामा रहेको एकपक्षले विगतमा जातियताको नाममा राज्य हुने कुरामा जोड दिदैं आएको थियो।जस अन्र्तगत किरात नामको पक्षमा आर्थिक मामिलामन्त्री इन्द्र आङग्बो उभिएका छन्। यद्धपि आन्तरिक मामिला मन्त्री हिक्मत कार्की सगरमाथाको पक्षमा छन्।
यसैसन्दर्भमा पनि कांग्रेसको संसदीय दलको छलफलमा साझा र एक भएर अघि बढ्ने सहमति बनेको हो। कांग्रेसका सचेतक सुयर्माराज राईले किरात शब्दलाई जातियतामा सीमित गरिएकोमा आपत्ती जनाएकाछन्।
देशसञ्चारसंग कुरा गर्दै उनले किरात नेपालको सभ्यता, इतिहास, संस्कृति, भौगोलिक पहिचान रहेको बताउछन्। “यहा किरात शब्दलाई जातियतामा जोडेर संकुचित बनाइएको छ, तथापि हामी छलफलमा छौ, हामी साझा धारणासहित अघि बढ्ने छौ”, उनले भने।
चालु अघिवेशनभित्र प्रदेश सरकार यसविषयलाई निक्र्यौलमा पुराउने जनाइरहदां आइतबार बस्ने प्रदेश सभा बैठक थप महत्वपूर्ण हुनेछ। सचेतक राई भन्छन्,“सदनमा सानो आकारमा छौ। हामीलाई थाहा छ। यति भनिरहदां हामी सरकारको कदमलाई भने पर्ख र हेरको अवस्थामा लिइरहेकाछौ।”
सदनमा प्रस्ताव आएपछि कांग्रेस आफ्नो धारणा सार्वजनिक गर्ने बताएका सचेतक राईले मुख्यमन्त्री शेरधन राई अघि सारेको विकेन्द्रीत धारणामा सहमत हुन नसक्ने स्पस्ट पारेका छन्। कांग्रेस कुनै पनि हालतमा विकेन्द्रित कुरामा सहमत हुदैन उनले भने।उनीसँगै संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले पनि कार्यपालिका र व्यवस्थापिका अलग राखिने कुरामा आपत्ती जनाइसकेकाछन्।
भौतिक पूर्वाधारका आधारमा, संरचनाका हिसाबले विराटनगरको विकल्प नभएको स्पस्ट धारणा बोकेका सचेतक राईले भने, ‘व्यक्तिगत आफ्नो धारणा मोरङको गोठगाउ होला तर, समग्र प्रदेशको कुरामा हेर्दा इटहरी नै किन, धनकुटा नै किन, त्यसमा विराटनगर नहुने किन? अन्यक्षेत्र भन्दा विराटनगर बलियो सबैकुराले।”
यद्यपि सत्तापक्षले चालु अधिवेशनबाटै नामाङकन तथा राजधानीको टुङ्गो लगाउने जमर्को गरिरहेको छ।