सत्ता र लेखकबीचकाे फरक देखाउन ‘सखी’ लेखेँ : रामलाल जाेशी

सत्ता र लेखकबीचकाे फरक देखाउन ‘सखी’ लेखेँ : रामलाल जाेशी
+
-

काठमाडाैँ – सुदूरपश्चिममा अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको आगो दन्किरहेको थियो । त्यहाँका पहाडी समुदाय र थारु समुदाय जानेर वा नजानेर परस्पर विरोधी आन्दोलन गरिरहेका थिए ।

भलै ती दुवै आन्दोलनका नेतृत्वकर्ताहरुले परस्पर विरोधी आन्दोलन नभई ‘यो राज्यसँगको आन्दोलन हो’ भनिरहेकै थिए ।

तर, त्यो आन्दोलनले वर्षाैँदेखि मिलेर बसेको समाजमा एक किसिमले भुसको आगो भित्रभित्रै सल्किरहेको थियो । त्यसकै प्रमाण हो, ७२ भदौ ७ गतेको टिकापुर हत्याकाण्ड ।

थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा टिकापुरमा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ९ जनाको हत्या भयो ।
घटनापछि महिनौँदिनसम्म कैलालीमा कर्फ्यू लाग्यो । थारुले पहाडीया साथी र पहाडीयाले थारु साथी भेट्न समेत डराउने परिस्थिति बन्यो ।

यो घटनापछि साहित्यकार रामलाल जोशीको ‘ऐना’ कथा संग्रह बजारमा आयो । उक्त कथा संग्रहमा ‘दीयो जलिरहेछ’ शिर्षकको एउटा कथा छ, जुन कथाले थारु र पहाडीया समुदायबीच टुट्न थालेको आत्मीयतालाई फेरि जीवन्त बनाउन अतुलनीय भूमिका खेलेको त्यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

‘दीयो जलिरहेछ’ कथाले थारु समुदाय र पहाडीया समुदायबीचको आत्मीयता र भाइचारालाई समाप्त पार्नुहुन्न बरु यसलाई अझै प्रगाढ बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्‍यो । उक्त कथा कैलाली कञ्चनपुरका विभिन्न वस्तीहरुमा मञ्चन पनि भएको थियो ।

‘दीयो जलिरहेछ’ कथा लेखेर पहाडीया र थारु समुदायमा भाइचाराको सम्बन्ध अझै प्रगाढ बनाउन भूमिका खेलेका लेखक रामलाल जोशीले अब भने थारु समुदायमै समर्पित उपन्यास बजारमा ल्याएका छन् । शनिबार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा थारु युवतीलाई मुख्य पात्र बनाइएको ‘सखी’ उपन्यास लोकार्पण भएको छ ।

साहित्यकार सरुभक्त, राम लोहनी, बुद्धिसागर र अर्चना थापाले संयुक्त रुपमा ‘सखी’ लोकापर्ण गरेका हुन् ।

‘यो एक थारु युवतीको कथा हो, जो समाजबाट र राज्यबाट शोषणमा परेकी छ, विभेदमा परेकी छ, उपन्यास सखीले उसको पीडा, साहस र सफलताको कथा बोल्छ,’ लोकार्पण समारोहमा लेखक जोशीले भने ।

उनले सत्ता र लेखकबीच फरक हुन्छ भन्ने देखाउनका लागि पनि आफूले सखी लेखेको बताए ।

‘हिजोको दिनमा कमैयाहरु दास भए, उनीहरुलाई मूलधारमा ल्याउन राज्यले विशेष व्यवस्था गरेन, उनीहरुको चिनारी र पहिचानको रक्षा राज्यले गरेन, उतिबेलाका लेखकहरुले पनि गरेनन्, त्यसैले अब त लेखकले पनि समाजलाई न्याय दिन सक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ भनेर सखी लेखेँ,’ उनले भने, ‘यत्ति गर्न सकिएन भने सत्ता र लेखकबीच के फरक ?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?