
काठमाडौँ – नेपालकालागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका पाँच उत्कृष्ट अवार्ड हातपार्न सफल भएको छ ।
कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्री वितरणप्रति साधन दक्षिण एसिया, २०१७ को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल रह्यो भने २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७ को सर्वाधिक विक्री वितरण उपाधिमा द्वितीय स्थान हातपार्न सफल रह्यो ।
यही २७–२८ सेप्टेम्बरमा नयाँदिल्लीमा आयोजित उक्त अवार्ड समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार विक्रेताहरु मध्ये छनौट गरिएको थियो ।
सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘हामी यस अवार्र्ड हाम्रा मूल्यवान् ग्राहकवर्गलाई समर्पण गर्न चाहन्छौँ जसले सुजुकी ब्राण्डलाई उनीहरुको जीवनको सदस्यको रुपमा रोज्नुभयो । ग्राहकहरुको यस सुजुकी ब्राण्डसँगको अनुभवलाई अविस्मरणीय बनाउन सहयोग पु¥याउने हाम्रो सम्पूर्ण टोलीको योगदान प्रशंसनीय छ ।’
विक्री वितरण, सर्भिस तथा स्पेयर पार्ट्सको क्षेत्रमा नवीनता प्रस्तुत गरिरहेको सुजुकी नेपालमा सर्वाधिक विक्रीहुने सवारी साधन ब्राण्ड हो जसको नेटवर्क देशका अत्यधिक स्थानमा फैलिएको छ ।