माछापुच्छ्रे बैंकद्वारा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन उद्दार सामग्री प्रदान

माछापुच्छ्रे बैंकद्वारा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन उद्दार सामग्री प्रदान
+
-

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले विपद् व्यवस्थापनका लागि चाहिने उद्दार सामग्री नेपाल प्रहरीलाई प्रदान गरेको छ। बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्दार सामग्री प्रदान गरेको हो।

१८औँ वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रहरीलाई उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्दारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने बताए। उनले नेपाल प्रहरीलाई उक्त सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गरेका छन्।

कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्दार कार्यको प्रशंसा गर्दै ७ वटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुने विश्वास व्यक्त गरे।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा भत्केका संरचनामा उद्दार तथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नी नियन्त्रणका सामग्री, रोप तथा वाटर रेस्क्यूका सामग्रीहरु तथा र्याफ्टबोट र उक्त बोटलाई चाहिने आवश्यक उपकरण छन्।

बैंकले मुलुकभरिका ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३० शाखारहित बैकिङ सेवा गरी जम्मा १ सय १८ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ९९ वटा एटिएम सञ्चालनमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?