सोल्टी वेस्टेण्ड प्रिमियर नेपालगञ्जलाई अन्तर्राष्ट्रिय सम्मान

सोल्टी वेस्टेण्ड प्रिमियर नेपालगञ्जलाई अन्तर्राष्ट्रिय सम्मान
+
-

काठमाडौँ – करिब एक वर्षअघि सञ्चालनमा आएको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ नेपालगञ्जले ‘वेस्ट डेब्यु ग्रिन होटल’ उपाधि हाँसिल गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार आयोजित १४ औँ ‘हस्पिटालिटी इन्डिया एण्ड एक्सप्लोर द वर्ल्ड अनुयल इन्टरनेशनल ट्राभल अवार्ड’ का अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।

समारोहका प्रमुख अतिथि भारतका पर्यटन राज्यमन्त्री के.जे. अलफोन्स र सामाजिक न्याय तथा सशक्तिकरण राज्य मन्त्री रामदास अठावेलले सोल्टी वेस्टेण्ड प्रिमियरका अध्यक्ष दिनेशबहादुर विष्टलाई उक्त सम्मान प्रदान गरेका थिए । नेपाल पर्यटन बोर्डका अध्यक्ष दीपकराज जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।

यसैबिच सोल्टी काठमाडौँमा सञ्चालित क्यासिनो माजोङले नेपालको उत्कृष्ट क्यासिनो अवार्ड पाएको छ । क्यासिनोका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठले अवार्ड लिएका थिए ।

उच्च व्ययकर्ता पर्यटकहरुलाई आकर्षित गर्न सन् १९६० देखि राजधानीमा सोल्टी ग्राउन प्लाजा स्थापना मार्फत अग्रणी भूमिका खेल्दै आएको उक्त कम्पनीले नेपालगञ्जमा अत्याधुनिक वातावरण मैत्री होटल स्थापना गरेर यो क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ ।

सोल्टी वेस्टेण्ड प्रिमियर, नेपालगञ्ज नेपालमा सिल्भर श्रेणीमा पर्ने उर्जा तथा वातावरण मैत्री शैलीमा निर्मित पहिलो होटल भएको कम्पनीको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी ‘ग्रिन विल्डिङ्ग काउन्सिल’ ले होटलको त्यो हैसियतलाई प्रमाणित गरेको छ ।

भवनको ‘डिजाइन’ देखि नै त्यसमा वातावरण मैत्री तथा उर्जा मितव्ययितालाई प्राथमिकता दिइएकाले त्यसले प्रदुषण नियन्त्रण सुनिश्चित हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति उल्लेख गरिएको छ ‘सोल्टी वेस्टेण्ड नेपालमा होटल कस्तो हुन पर्छ भन्ने बारे सन्दर्भ नमुना बनेको छ ।’ विज्ञप्ति अनुसार अत्याधुनिक प्रविधि प्रयोग गरिएको उक्त होटलमा बिजुली, तापक्रम, पानी र अन्य सबै ‘फोहोर’ हरु वातावरण मत्रै रहेको उक्त होटलमा थुप्रै उपकरण जडान गरिएका छन् जसले ‘कार्बन’ लाई न्युन गर्ने गर्दछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?